‘समाजवादमा नगएसम्म सहिदको सपना पूरा हुँदैन ‘

२०८१ फाल्गुन २० गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कपिल सीले देशका सम्पूर्ण कम्युनिस्टहरु एक भएर नेपाली विशेसताको समाजवादमा नगएसम्म सहिदहरुको सपना पूरा नहुने बताएका छन् । फागुन १४ गतेदेदेखि २१ गतेसम्म मनाईले सहिद सप्ताहको अवसरमा सोमबार गोरखाको पालुङटारमा आयोजित सहिद तथा बेपत्ता परिवारहरुलाई सम्मान कार्यक्रममा बोल्दै नेता कपिलले यस्तो बताएका हुन् ।
पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको बिचमा रहेको हर्मी भञ्ज्याङमा सम्पन्न सहिद अभिनन्दन कार्यक्रमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सहिदका सपना पूरा गर्न सम्पूर्ण माओवादी घटक र कम्युनिस्टहरु एक भएर नेपाली विशेसताको समाजवादमा जानुको विकल्प नभएको बताए। उनले भने, ‘नेकपाले अहिले एकीकृत जनक्रान्ती मार्फत नेपाली विशेसताको समाजवादको बाटो तय गरेको छ। र नेकपाले आफ्नै नेतृत्वमा सम्पूर्ण कम्युनिस्ट, क्रान्तिकारी, देशभक्त बुद्दिजिवी, माओवादी घटक, राष्ट्रिय पूंजीपतीहरुलाई एक बनाएर जनताले चाहेको नेपाली विषेसताको समाजवादमा लामवद्ध गर्ने पहल थालेको छ। यस अभियानमा नेकपालाई सहयोग गर्न सम्पूर्णलाई आह्वान गदछौ ।”
कार्यक्रममा दशवर्षे जनयुद्धमा सहादत प्राप्त गरेका महान सहिदहरुको परिवारलाई अभिनन्दन गरिएको थियो।
अभिनन्दित हुने सहिद परिवारहरुमा निरु पोखरेल र भिमसेन पोखरेलका दाई रुद्र पोखरेल अभिन्धित भएका छन् । त्यस्तै जेल ब्रेक गरि निस्किएर फेरि गिरफ्तार परि सहिद भएकी यौद्धा मिना मरहठ्ठा र महिन्द्र मरहठ्ठाका बुवा नरनाथ मरहठ्ठा, सहिद सेते दानकोटीका छोरा हरी दानकोटी, सहिद जीवन कुमारी ढकालकी आमा डम्बर कुमारी ढकाल अभिनन्दन भएका हुन् ।
सम्मानित हुने सम्पूर्ण सहिद परिवारलाई नेकपाको झन्डा अंकित कप प्रधान गरिएको थियो। प्रकाश सीको अध्यक्षता तथा संचालनमा सम्पन्न अभिनन्दन कार्यक्रममा सहिद परिवारको प्रतिनिधित्व गर्दै महेन्द्र मरहठ्ठा र मिना मरहठ्ठाका बुवा नरनाथ मरहठ्ठाले मन्तब्य राखेका थिए भने नेकपा माओवादीका सिरानचोक गाउँपालिकाका उपाध्यक्ष धनबहादुर तामाङले समेत आफ्नो महत्त्वपूर्ण मन्तब्य राखेका थिए।
कार्यक्रमा सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका सहिद परिवार तथा नेकपाका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो। – शाहस भट्ट

प्रतिक्रियाहरु

[anycomment]