त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण हुँदै

२०८१ फाल्गुन २० गते, मंगलवार

काठमाडौँ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणको काम सुरु गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आगामी वैशाख अन्तिम सातासम्म काम सक्ने गरी तयारी गरिएको छ ।
प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाखको बोलपत्र स्वीकृत भएको छ । प्यारापिट निर्माणको ठेक्का काठमाडौंको टङ्गालमा रहेको BKOI-KCDC-BG जेभीले पाएको छ ।
त्यस्तै फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको हो । फ्लडलाइटको काम भने सुरु हुन बाँकी छ ।

प्रतिक्रियाहरु

[anycomment]