काठमाडौँका विभिन्न स्थानमा विद्युत अवरूद्ध हुने

२०८१ फाल्गुन २४ गते, शनिबार


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा चारदेखि पाँच घन्टासम्म विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुइटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रहरुमा आज दिउँसो विद्युत अवरूद्ध हुने भएको हो ।
मातातीर्थदेखि बौथली चोकसम्म कन्डक्टर अपग्रेडिङ कार्यका लागि बलम्मु वितरण केन्द्रको मातातीर्थ फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ । उक्त फिडर अन्तर्गतको क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसोझ ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।
त्यस्तै सतुंगल फिडर अन्तर्गतका कन्चन गेट, बोसीगाउँ, बौथली, सतुङगल चोक लगायतका क्षेत्रमा पनि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । ती क्षेत्रमा पनि कन्डक्टर अपग्रेडिङ कार्यका लागि फिडर सटडाउन गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ ।
रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत सव स्टेशनबाट ब्रिटिश पर्खाल, फ्रान्सेली राजदूतावास, र्‍याडिसन होटल, भारतीय राजदूतावास, खुर्सानीटार, सांग्रिला होटेल हुँदै महाराजगन्ज वितरण केन्द्रतर्फको क्षेत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । विद्युतीय तार भूमीगत गर्न उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ । निर्धारित समय अगाडि नै काम सकिए तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]