पशुपति क्षेत्रको विकासका लागि भारु पच्चीस करोड दिने
काठमाडौँ, १९ साउन । नेपालमा भ्रमण रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रको बृहत् भौतिक पूर्वाधार विकासका लागि भारु २५ करोड सहयोगको प्रतिबद्धता गरेका छन् ।पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले नेपालस्थित भारतीय राजदूतावासमार्फत आफूलाई सो जानकारी आएको पत्रकारहरुलाई बताए ।साउने सोमबारेका अवसर पारेर भारतीय प्रधानमन्त्री मोदीले पशुपतिमा विशेष पूजा गरेका छन्