२५ करोड नगदसहित एक जना पक्राउ

२०८१ चैत्र ५ गते, मंगलवार

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ गरेको छ । टोलीले काठमाडौँको टोखा झोर क्षेत्रबाट ना१ख १६५२ नम्बरको ट्रकमा राखेको उक्त रकमसहित चालकलाई पक्राउ गरेको हो ।
उक्त रकम विभिन्न देशका मुद्रा भएको हाल गन्ने काम भइरहेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए । प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए । बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् ।

प्रतिक्रियाहरु

[anycomment]