एमाओवादी विभाजनको संघारमा

२०७१ श्रावण २१ गते, बुधबार


काठमाडौ, २१ साउन । एकीकृत नेकपा माओवादी आन्तरिक विवादले पार्टी विभाजनतिर उन्मुख भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको स्थायी समितिको बैठकले बाबुराम भट्टराई पक्षलाई पार्टीपद्धति बाहिर गएको भन्दै कारवाही गरेपछि पार्टीभित्रको आन्तरिक विवाद झन बढेको छ ।यसपटक नीतिगत भन्दा सांगठनिक विवाद भएकाले पार्टी मिल्ने सम्भावना कम देखिएको नेताहरुले बताएको छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नीतिगत र वैचारिक बहसभन्दा फरक विवाद भएकाले अब मिल्न कठिन हुने बताए ।श्रेष्ठले कार्यदिशा तय गर्ने तर कार्यान्वयन पक्ष कमजोर हुँदा पार्टी कमजोर अवस्थामा पुगेको बताए । भट्टराईपक्षले आगामी केन्द्रीय समितिको बैठकले पार्टी फुट्न् वा नफुटने निर्धारण गर्ने बताएको छ ।
भट्टराईपक्षका नेता देवेन्द्र पौडेलले आफुहरु आन्तरिक छलफलमा भएको र केन्द्रीय समितिको निर्णयले धेरै कुरा निर्धारण गर्ने बताए । एमाओवादी केन्द्रीय समिति वैठक आज बोलाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु