एसियन कप फुटबल छनौट खेल : नेपाल र मलेसिया भिड्दै

काठमाडौँ । ए.एफ.सी एसियन कप फुटबलको छनौट खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । खेल मलेसियामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ । नयाँ प्रशिक्षक म्याट रोसको नेतृत्वमा पहिलो खेल जितेको नेपाल आजको खेलका लागि निकै उत्साहित छ । एसियन कप छनौटमा सकेसम्म माथिल्लो चरणमा पुग्ने नेपालको चाहना छ । नेपालले अघिल्लो साता सिंगापुरलाई उसैको मैदानमा १–० ले हराएको थियो । सिंगापुरमा अभ्यास खेलपछि नेपाली टोली सिधै मलेसिया पुगेको हो ।