समाजवादी मोर्चा बृहत् जनप्रदर्शन गर्दै , मध्यान्ह १२ बजेवाट जुलुस सुरु हुने

२०८१ चैत्र १५ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले आज काठमाडौँमा बृहत् जनप्रदर्शनसहित सभा गर्ने भएको छ। मोर्चाले काठमाडौँका बिभिन्न स्थानवाट जुलुस प्रदर्शन गर्दै भृकुटीमण्डपमा पुगेर सभा गर्ने तयारी पुरा भएको जनाएको छ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीका अनुसार नेकपा माओवादी केन्द्र पूर्वमा बबरमहल, दक्षिणमा कुपन्डोल, पश्चिममा त्रिपुरेश्वर र उत्तरपश्चिममा सोह्रखुट्टेमा जम्मा भएर शान्तिबाटिका आउने तय गरिएको छ भने नेकपा एकीकृत समाजवादी मैतीदेवी, डिल्लीबजार चोक हुँदै शान्तिबाटिका आउनेछन् ।
यसैगरी, नेकपा सुन्धारामा जम्मा भएर शान्तिबाटिका आउनेछन् भने महिन्द्र राय यादव नेतृत्वको नेसपाले न्यूरोड गेटमा जम्मा भएर शान्तिबाटिका आउने छन् । यी सबै जुलुस शान्तिबाटिकामा मिसिएर भृकुटीमण्डपतर्फ अगाडि बढ्नेछ । । सभा दिउँसो १ बजेबाट सुरु हुने छ ।

प्रतिक्रियाहरु

[anycomment]