लिम्बुवानद्वारा पूर्वका नौ जिल्ला बन्द

२०७१ श्रावण २२ गते, बिहीबार


काठमाडौ, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी जनवर्गीय संगठन लिम्बुवान राज्य परिषदले आज पूर्वका नौ जिल्ला वन्दको आह्वान गरेको छ । बन्दका कारण पूर्व पश्चिम राजमार्ग, कोशी राजमार्ग र मेची राजमार्गमा कुनै पनि यातायातका साधन चल्न सकेका छैनन् भने कलकारखाना, शिक्षण संस्था र बजार ठप्प रहेका छन् ।बिक्रम् संबत् १८३१ आजकै दिन अर्थात साउन २२ गते पृथ्वी नारायण शाहले लिम्बुवान क्षेत्र नियन्त्रणमा लिएपछि लिम्बुवानसंग कर उठाउनको लागि किपटको व्यवस्था गरिएको थियो ।
सो अनुसार करको १६ आनामध्ये ६ आना लिम्बुवानले राख्ने र १० आना सरकारलाई बुझाउने सम्झौता भएको थियो । बि.सं २०२१ मा राजा महेन्द्रले भूमिसुधार लागू गरेपछि किपट व्यवस्था समेत खोसिएको बिरोधमा सम्झना स्वरुप हरेक बर्ष लिम्बुवानले बन्दको आह्वान गर्दै आएको छ ।पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङखुवासभा, भोजपुर, झापा, मोरङ र सुनसरी जिल्लामा वन्दको प्रभाव परेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु