दुई मिनेटमै पाठेघरको क्यान्सर पत्ता लगाइने

२०७१ श्रावण २२ गते, बिहीबार


काठमाडौ, २२ साउन । सुर्खेतको कालागाउँमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा दुई मिनेटमै पाठेघरमा समस्या छ कि छैन भन्ने पत्ता लगाउने पद्धतिको सुरु भएको छ ।
क्षेत्रीय अस्पतालले औपचारिकरुपमा सुर्खेतमा पहिलो पटक आँखाले प्रत्यक्ष अवलोकन गरेर उपचार गर्ने पद्धति भिआइए सुरु गरेको हो ।
एक मिनेटमा पाठेघरको मुखमा केमिकल राख्ने र त्यसको एक मिनेटपछि केमिकलबाट उत्पन्न प्रतिक्रिया पाएपछि क्यान्सर हो कि होइन भन्ने थाहा पाउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक भोलाराम श्रेष्ठले जानकारी दिए । यो सेवा क्षेत्रीय अस्पतालमा निःशुल्क उपलब्ध हुने अस्पतालले जनाएको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार