हसिना समर्थक ७० वकिललाई जेल चलान

२०८१ चैत्र २६ गते, मंगलवार

काठमाडौँ । बङ्गलादेशको ढाका महानगरीय न्यायाधीश मोहम्मद जाकिर हुसेनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएका छन् । गत वर्ष विद्यार्थी आन्दोलनका क्रममा ती वकिलहरूविरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री हसिनाले देश छोडेकी थिइन् ।
न्यायाधीश हुसेनले वकिलहरूलाई जमानत दिन अस्वीकार गर्दै उनीहरूलाई जेल पठाउन आदेश दिएका हुन् । नौ महिला वकिल र ढाका बार एसोसिएसनका पूर्व अध्यक्ष अबु सैयद सागरलाई भने जमानत दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]