अछामको जयगढ बजारमा आगलागी : २७ घर नष्ट, सात करोड बढीको क्षति

२०८१ चैत्र २७ गते, बुधबार


काठमाडौँ । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ घर जलेर नष्ट भएका छन् । आगोबाट सात करोड भन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको भण्डारीले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]