जापानी महिलाको आयु विश्वकै सबैभन्दा लामो

२०७१ श्रावण २२ गते, बिहीबार


काठमाडौँ । जापानी महिलाको औषत आयु विश्वकै नागरिकको तुलनामा सबैभन्दा लामो रहेको बताइएको छ ।जापान सरकारद्वारा हालै र्सार्वजनिक गरिएको एक प्रतिवेदनका अनुसार जापानी महिलाको आयु विश्वकै सबैभन्दा लामो अर्थात् ८६.६१ वर्षरहेको छ । सन् २०१३ लाई आधार वर्षमापन गरी बिहीबार र्सार्वजनिक गरिएको एक प्रतिवेदनका अनुसार जापानी महिलाको औषत आयु विश्वकै सबैभन्दा धेरै रहेको बताइएको हो । यस अघिका वर्षरूमा जापानी महिलाको औषत आयु ८६.४१ वर्षरहेकोमा सन् २०१३ मा आएर त्यसमा पनि वृद्धि भएको पाइएको हो । त्यस्तै पुरुषमा पनि जापानी नागरिकको आयु बढी नै रहेको छ । जापानी पुरुषको औषत आयु ८० वर्षन्दा बढी नै रहेको छ । जापानी नागरिकको औषत आयु सन् २०१३ मा ८०.२१ वर्षरहेको छ । उनीहरूको आयु पनि विगतका वर्षरूको तुलनामा बढेको हो । त्यसअघि जापानी पुरुषको औषत आयु ७९.९४ वर्षरहेकोमा पछिल्लो समयमा उनीहरूको औषत आयुमा पनि वृद्धि भएको पाइएको बिहीबार जापानी सरकारले र्सार्वजनिक गरेको एक प्रतिवेदनमा देखाइएको छ । त्यस्तै महिलाको औषत आयु धेरै हुने दोस्रो देश भने हङकङ रहेको छ । त्यहाँका महिलाको आयु ८६.५७ रहेको छ । विश्वका विभिन्न ५० देशका नागरिकको औषत आयुसम्बन्धी सो मापनमा जापानी पुरुष भने सबैभन्दा लामो औषत आयु भएका देशहरूमध्ये चौथो सूचीमा पर्दछ । जापानभन्दा बढी औषत आयु भएका देशहरूमा हङकङ, आइसल्याण्ड र स्वीट्जरल्याण्ड पर्दछन् । जापानको चिकित्सा प्रविधिसम्बन्धी मन्त्रालयले भनेको छ- जापानमा अझै पनि औषत आयुको विकासका लागि कयौँ सम्भावनाहरू रहेका छन् । तर, जापानका अधिकारीहरूले भने त्यहाँ बर्से हुने गरेको बुढापाका उमेरका नागरिकको जनसंख्या वृद्धिलाई एक समस्याका रूपमा हेर्ने गरिएको बताउँछन् । जापानमा अहिले पनि ६५ वर्षर सोभन्दा बढीको उमेरका नागरिकको संख्या जापानको पूण जनसंख्याको कम्तीमा पनि एक चौथाइ रहेको छ । साथै जापान सरकारले अहिलेकै अवस्थामा जनसंख्या वृद्धि हुँदै जाने हो भने ६५ वर्षर सोभन्दा माथिका जापानी नागरिकको जनसंख्या आगामी सन् २०६० सम्ममा कम्तीमा पनि ४० प्रतिशत पुग्ने अनुमान गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]