आठ महिनामा सरकारी खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड

२०८१ चैत्र २८ गते, बिहीबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति रिपोर्टअनुसार चालु आर्थिक वर्षको आठ महिना फागुनसम्म सरकारकाे खर्च ८ रुपैयाँ ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेकाे छ । समीक्षा अवधिमा चालु खर्च ५८४ अर्ब १३ करोड रुपैयाँ, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १७२ अर्ब ८९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७२० अर्ब ३५ करोड रुपैयाँ पुगेको तथ्यांकमा छ ।
यस अन्तर्गत कर राजस्व ६३८ अर्ब ८० करोड रुपैयाँ र गैर कर राजस्व ८१ अर्ब ५५ करोड रुपैयाँ परिचालन भएको केन्द्रीय बैंकले जारी गरेको तथ्यांकमा छ । २०८१ फागुन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा ३९२ अर्ब ३६ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]