न्युयोर्कमा हेलिकोप्टर दुर्घटना : ६ को मृत्यु

२०८१ चैत्र २९ गते, शुक्रबार

काठमाडौँ । स्पेनिस पर्यटक बोकेको हेलिकोप्टर अमेरिकाको न्युयोर्कस्थित हड्सन नदीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनाको समयमा हेलिकोप्टरमा तीन बालबालिका र तीन वयस्क सवार थिए । पाँच जना यात्रु स्पेनिस थिए भने एक जना पाइलट अमेरिकी नागरिक थिए ।
न्युयोर्क प्रहरी आयुक्त जेसिका टिस्चले परिवारलाई सूचित नगरेसम्म पीडितहरूको पहिचान खुलाउन नमिल्ने बताउनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेको र हड्सन नदीमा बजारिएको देखिन्छ । चार जना यात्रुहरूलाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने अन्य दुई जनालाई अस्पतालमा मृत घोषित गरिएको अधिकारीहरूले बताएका छन् । हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थान हड्सन नदीको पश्चिम तर्फ पर्दछ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]