आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

२०८१ चैत्र २९ गते, शुक्रबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेकोजनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । विशेषगरी पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
यस्तै सातवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज रातिको मौसमको अवस्था पनि यही क्रममा चल्नेछ ।
सातै वटै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना भएकाले स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नववर्ष २०८२ प्रारम्भ

२०८२ बैशाख १ गते, सोमबार

अवैध लागुऔषधसहित १७ जना पक्राउ

२०८१ चैत्र ३१ गते, आईतवार

वीरगञ्जमा कर्फ्यु !

२०८१ चैत्र ३१ गते, आईतवार