नेकपा बाराद्वारा पश्चगामी हर्कत र दलाल पुँजीवादविरुद्ध मसाल जुलुस प्रदर्शन

२०८२ बैशाख १० गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी बाराले पश्चगामी हर्कत र दलाल पुँजीवाद विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । सो पार्टीले आइतबार साँझ राजावादी नामको पश्चगामी हर्कत र दलाल पुँजीवाद विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको हो ।
बाराको कलैया नगरपालिका-१८, मोतीसर बजारमा भएको जुलुसले विदेशी उक्साहटमा संघीयता मास्न पाईंदैन, पश्चगमन मूर्दावाद, समाजवाद-जिन्दावाद, एकीकृत जनक्रान्ति-जिन्दावाद लगायतका नारा उराल्दै बजार परिक्रमा गरेको थियो ।
उक्त जुलुसको नेतृत्व जिल्ला इन्चार्ज जनक सीले गरेका थिए । जुलुसमा बाराका सेक्रेटरी दिल महमद, पर्सा सेक्रेटरी फिरोज सी युवा नेता दीपेन्द्र सीलगायत सहभागी थिए । मोतीसर चोकमा भएको जनसभालाई नेताहरु जनक सी, दिलमहमद सीलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]