नेपाल सुपर लिग : फाइनलमा पुग्न पोखरा र धनगढी भिड्दै

२०८२ बैशाख १० गते, बुधबार

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । आइतबार भएको एलिमिनेटरमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा पुगेको हो ।
त्यस्तै शनिवार भएको पहिलो क्वालिफायरमा धनगढी साविक विजेता ललितपुर सिटीसँग पराजित भएको थियो । आजको विजेताले उपाधिका लागि ललितपुर सिटीसँग शनिबार खेल्नेछ ।
आजको खेल हेर्न ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस दशरथ रङ्गशाला जाने भएका छन् । कार्लोस मंगलबार काठमाडौं आइपुगेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु