२० औं विश्व आदिवासी जनजाति दिवस मनाइदै

२०७१ श्रावण २४ गते, शनिबार


काठमाडौं, २४ साउन ।शनिबार २० औं विश्व आदिवासी जनजाति दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।विश्वमा छरीएर रहेका आदिवासीहरुलाई एकत्रित बनाउन र उनीहरुको आवाजलाई बलियो बनाउने उद्धेश्यले हरेक वर्षको अगस्ट ९ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।
दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले सबैको साझा भविष्यका लागि आदिवासी जनजातिको अधिकार प्रवद्र्धन र रक्षामा एकजुट हुन आव्हान गर्नुभएको छ ।
जीवनयापन, भौतिक कल्याण, गरिमा र अधिकारको न्यूनतम मापदण्ड समेत पूरा नभएको र प्रगतिमा बाधा उत्पन्न हुँदा आदिवासी समुदायमा नकारात्मक प्रभाव पर्ने र यसले सम्पूर्ण समाजलाई नै असर गर्ने उहाँको ठहर छ ।
राष्ट्रसंघको आव्हानमा सन् २००५ देखि २०१४ लाई आदिवासी जनजातिको गरिमा र अधिकार रक्षाका लागि काम गर्ने दशकका रुपमा मनार्ईंंदैछ । आउँदो सेप्टेम्बरमा आदिवासीको विश्व सम्मेलन समेत गर्न लागिएको छ ।
अन्तराष्ट्रिय आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति महासंघले समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्वयन गर भन्ने मूल नाराका साउ १५ गतेदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।
काठमाडौं उपत्यकासहित तथा बाहिरका जिल्ला र विदेशका संगठनले पनि दिवसका अवसरमा कार्यक्रम गरेका छन् । महासंघले दिउँसो झाँकीसहित टुँडिखेलमा विशेष समारोह गर्दैछ । २०६८ सालको जनगणना अनुसार नेपालमा आदिवासी जनजातिको संख्या ९३ लाख ४८ हजार ९ सय ४ अर्थात् कुल जनसंख्याको ३५ दशमलव २ प्रतिशत छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु