‘विचार संश्लेषण नगर्ने हो भने अबको १० वर्षमा कम्युनिस्ट मुभमेन्ट सकिन्छ’

२०८२ बैशाख १२ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिस्ट वामपन्थीहरुले समिक्षासहित विचार संश्लेषण नगरे कम्युनिस्ट मुभमेन्ट सकिने ठोकुवा गरेका छन् । बिहीबार काठमाडौंमा नेकपा नेता शिलु सीद्वारा लिखित कृति ‘विचार संश्लेषण’को लोकार्पण गर्दै महासचिव विप्लव सीले नयाँ विचार नदिए अबको १० वर्षमा कम्युनिस्ट मुभमेन्ट सकिने ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनको गम्भीर समिक्षासहित विचारमा नयाँ संश्लेषण गरेर कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन नसके कम्युनिस्ट आन्दोलन सकिने बताउदै भने- ‘अहिले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको छ । त्यसको प्रभावले नेपालमा विभिन्न विकृतिहरुको देखापरेका छन् । यसबाट निकास खोज्न नेपालका केही कम्युनिस्टहरुले सकारात्मक पहल पनि गरिरहेका छन् तर प्रयाप्त छैन । यसबाट परिणाम सकारात्मक आएको छैन ।’
महासचिव विप्लव सीले सरकारमा जानेहरुमा पनि कुनै तुक नदेखिएको भन्दै माओवादीमा समेत विचलन देखिएको बताए । उनले भने- ‘अहिलेको स्थिति आउनुमा यथास्थितिवादी दलाल पुँजीवादीहरु मात्र नभएर नेपालका कम्युनिस्ट कहलिनेसँगै हामी माओवादीले जनमतको कदर गर्न सकेनौं । जनता वाक्क दिक्क भएर फरक तरिकाले सोच्न थालेका छन् । जनताको बारेमा सोच्नु र जनतालाई मर्काबाट मुक्त गर्नु फरक कुरा हो । यसको प्रयत्न कम्युनिस्टहरुले आफैबाट सुरु गर्नुपर्ने र यो कसैलाई सत्तोसराप गरेर हुँदैन ।’
महासचिव विप्लव सीले आफ्नो पार्टी दर्शन, राजनीति, अर्थतन्त्रमा गरेको विकास आम कम्युनिस्ट विचार बनाएर बहस गर्ने सोचमा रहेको बताए । उनले नेपालमा गणतन्त्र ल्याउनमा माओवादीको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै माओवादीले बन्दुक नउठाएको भए नेपालमा गणतन्त्र असम्भव रहेको बताए । उनले भने- ‘हिजोको सामन्तवादी युगमा वैज्ञानिकहरुले नयाँ कुरा पत्ता लगाए भने मारिन्थे तर अहिले त्यो स्वतन्त्रता छ । जुन विश्व कम्युनिस्ट आन्दोलनको प्रभाव हो । हिजोजस्तो डिपसिक पत्ता लगाएर प्रयोग गर्दा अहिले मारिनु पर्दैन । एलन मस्कले पृथ्वीमा संकट छ भनेर अन्तरिक्षमा घर बनाएर बस्ती बसाल्दा अपराध मानिदैन । त्यो सम्मानित हुन्छ त्यसैले भौतिक विज्ञान अपराध होइन ।’
महासचिव विप्लव सीले अब नेपालका कम्युनिस्ट वामपन्थीहरुले सोच्ने बेला आएको बताउदै अहिलेको संकटको एकमात्र निकास समाजवाद भएकाले राजा–राजा भनेर चिच्याउने राजेन्द्र लिङ्देन लगायतका सबै राजावादीहरुलाई समाजवादको बहसमा सहभागी हुन आह्वानसमेत गरे ।


उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिती सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले विश्व कम्युनिस्ट आन्दोलनको सन्दर्भमा नयाँ विचार संश्लेषण अनिवार्य भएको बताइन । नेता शिलुले विमर्शकर्ताको सुझावलाई ग्रहण गर्दै विश्वमा कम्युनिस्ट आन्दोलनको प्रभाव जनतामा देखिएपनि अन्तिम अवस्थामा आएर धोकाधडीमा टुङ्गिएको बताइन् । उनले नेपालको सन्दर्भमा पनि कुनै फरक नआएकाले समाजवादी लक्ष्यसहितको विचार संश्लेषण आज अनिवार्य भएकाले यो पुस्तकले थप वहसको सिर्जना गरोस् भन्ने उद्देश्यले प्रकाशित गरेको बताउदै भनिन्- ‘म धेरै पर जान्न विश्व कम्युनिस्ट आन्दोलन सफलताको उचाईमा पुग्नै लाग्दा के कारणले असफल भयो ?, त्यसको प्रभाव नेपालमा कस्तो पर्यो भनेर जहाँ–जहाँ आन्दोलन सफल भए त्यहा दीर्घकालीन रुपमा टिक्न किन सकेन ?, नेपालमा पनि प्रचण्डको नेतृत्वमा सुरु भएको जनयुद्ध पनि उत्कर्षमा पुग्नै लाग्दा के कारणले धोका भयो ?, २०६४ पछि माओवदी कुन ठाउँमा पुग्यो र समग्र नेपालका कम्युनिस्ट कहाँ पुगे ?’ यी यावत कुराबाट पाठ सिक्दै नेपाली क्रान्तिमा नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ विचारका साथ अघि बढाउने दृणताका साथ महासचिव विप्लवको नेतृत्वमा नेपालमा नेपाली विशेषताको समाजवाद स्थापना गर्न र कम्युनिस्ट आन्दोलबाट जनताहरुमा भएको धोकाधडीबाट मुक्त गर्न पार्टी पुनः गठन भयो । नेकपाले राजनीतिको क्षेत्रमा उत्पादनको क्षेत्रमा, दर्शनको क्षेत्रमा गरेको विकास, सामुहिक स्वामित्वको अभ्यासलाई आम बहस बनाउने ध्यायकासाथ पार्टीले घोषणा गरेको विचार सश्लेषणलाई थप उर्जा प्रधान गरोस्, आम नेता कार्यकर्ता, कम्युनिस्ट पार्टीका बिचमा एउटा तरङ्ग र उत्साह पैदा गरोस् भन्ने उद्देश्यका साथै सबैमा लेखन संस्कृती र पठन सस्कृतिको विकास होस् भन्ने यो प्रकाशनको रहेको छ ।’
नेता शिलुले आफूले नेपाली समसामयिक राजनीति र विचार सश्लेषणको अपरिहार्यतालाई उजागर गरेको विषयमा केन्द्रित रहेर आफ्नो विचार सुझाव प्रस्तुत गरिदिएकोमा टिप्पणीकारहरुलाई समेत धन्यवाद व्यक्त गरिन् ।
पत्रकार शिव डुम्रेद्वारा संचालित उक्त कार्यक्रममा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपाका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीको अध्यक्षता रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई जनपत्रकार शोभराज बरालले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा पुस्तकको बारेमा राजनीतिक विश्लेषक नरेन्द्रजङ पिटर, नेकपा एमालीकी स्थायी समिति सदस्य बिन्दा पाण्डे, नेकपा मासालका नेता मनोज भट्ट, बरिष्ठ साहित्यकार लेखक सौन्दर्य चिन्तक खेम थपलिया लगयतले सुझाव दिएका थिए । – शाहस भट्ट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

क्रान्तिकारी ध्रूबिकरण अनिबार्य

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

नेकपा जनताको आशा र भरोसाको केन्द्र

२०८२ बैशाख ९ गते, मंगलवार