इरान भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार

काठमाडौँ । इरानले भारत र पाकिस्तानबीचको सुमधुर सम्बन्धका पक्षमा रहेको बताउँदै समस्या समाधानका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको छ। इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारत र पाकिस्तानसँग इरानको शताब्दीऔँ पुरानो सांस्कृतिक र सभ्यताको सम्बन्ध र भाइचारा छ। हामी उनीहरूलाई सर्वोच्च प्राथमिकता दिन्छौँ। यो कठिन समयमा तेहरान (इरान) नयाँ दिल्ली (भारत) र इस्लामाबाद (पाकिस्तान) बीच राम्रो सम्बन्धका लागि मध्यस्थता गर्न तयार छ। यो फारसी कवि सादीले सिकाएको भावनाअनुरूप छ।’
उनले आफ्नो यो भावना कवितामार्फत पनि उल्लेख गरेका छन्। – एजेन्सी