एमाओवादीको वैचारिक व्यवस्थापन समितिको बैठक बस्दै

२०७१ श्रावण २५ गते, आईतवार


काठमाडौ, २५ साउन । एमाओवादी पार्टी विवाद समाधानको प्रयासमा एकीकृत माओवादीको वैचारिक व्यवस्थापन समितिको बैठक लाजिम्पाटस्थित अध्यक्ष प्रचण्ड निवासमा दिउँसो तीन बेजपछि बस्ने सो पार्टीले जनाएको छ । स्थायी समितिले भट्टराई पक्षधर केही नेतालाई निलम्बनको कारबाही र केहीलाई घटुवा गरेपछि एमाओवादी विवाद उत्कर्षमा पुगेको थियो ।
विवाद मिलाउने प्रयासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीचको छलफल सकारात्मक भएपछि आज थप छलफल हुन लागेको हो । दुई नेताबीच हिजो भएको छलफलमा आज वैचारिक व्यवस्थापन समितिको बैठक बसेर विवाद समाधान गर्ने सहमति भएको थियो ।
भट्टराई पक्षधर पोलिट्ब्युरो सदस्य गंगानारायण श्रेष्ठलाई तीन महिना र केन्द्रीय सदस्य रामरिझन यादवलाई एक महिनाका लागि निलम्बनको कारबाही गरेको थियो ।
यस्तै बिनाजानकारी तीनपटक भन्दा बढी बैठकमा अनुपस्थित रहेको भन्दै सचिव टोपबहादुर रायमाझी र स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई पदमुक्त गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु