मजदुर आन्दाेलनकाे चुनाैती

२०८२ बैशाख १७ गते, बुधबार
जीवन्त सि



विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सहि या गलत हुनुले सवै कुराकाे निर्धारण गर्दछ।- माओ
जव मानव समाज सामन्तवादवाट पुँजीवादमा प्रवेश गर्न सुरुवात हुन थाल्यो तब औधोगिक क्रान्तिकाे युग सुरु भयो । यस अवधिमा उत्पादन तथा निर्माणका कार्यहरु तीव्ररुपमा वृद्धि हुन थाल्यो । यस दाैरानमा औधोगिक क्रान्तिकाे विकासमा वेलायत अग्रिम देशको रुपमा रहन पुग्यो ।सन् १५८८ मा वेलायत र स्पेनविचकाे युद्धमा स्पेनलाई हराउँदै वेलायत हावी भए पश्चात् त्यसको विश्व व्यापार वढ्दै गयाे। १६ औ शताब्दीसम्म आउदा वेलायतलगायत युरोप भरि औधाेगिक तथा कृषि क्रान्ति र त्यसले पैदा गरेको वर्गीय विभेद तीब्ररुपमा वढ्दै गएको पाईन्छ । पुँजीपतिवर्गको हातमा पुँजीकाे अंश थुप्रदै जान थाल्यो भने मजदुर र गरिवकाे संख्या वढ्दै जादा सर्वहाराकरण हुने संख्या क्रमश वढ्दै जान थाल्यो । सन् १७/१८ औ शताब्दीको ५० दशकसम्म पुग्दा मजदुरको अवस्था जर्जर हुन पुगेको थियो ।


सन् १८०२ देखि १८१५ सम्म अाईपुग्दा वेलायतमा लुडाईट अान्दोलन चल्यो । याे आन्दोलन मजदुरको पहिलो आन्दोलन मानिन्छ। लुडाईट अर्थ लडाकु वुझिन्छ। यसलाई लडाकुको संघ पनि भनिछ। पुँजीवादले मानव श्रमकाे ठाउँमा मेशिनकाे विकासमा तीव्रता दिन थाल्यो । जसको परिणाम पुँजीपतिवर्गले छिटोछरितो उत्पादन गर्न र कम लगानीमा अधिक उत्पादन गर्न मेशिनहरु जडान गर्न थाल्यो । ततपश्चात मजदुरको राेजगारी खाेसिने प्रक्रिया शुरु हुन गयाे। मजदुरले मेशिनलाई शत्रुको रुपमा मात्र वुझेन , उसले हाम्रो राेजीराेटी खाेस्ने हतियारकाे रुपमा वुझ्न थाल्यो । मजदुरहरु मेशिनकाे विरुद्ध आक्राेसित हुन थाले, पछि वुझ्दै गएपछि वास्तवमा हाम्रो दुश्मन मेशिन हाेईन पुँजीपतिवर्ग हाे भन्ने प्रष्ट भए । सन् १८१३/१५ सम्म देशव्यापी संगठित मजदुरले हजारौं मेशिनका विरुद्ध आन्दोलन मच्चाए । सरकारकाे चरम दमनवाट याे आन्दोलन असफल हुन गयाे । याे आन्दोलनलाई अर्कोरुपमा मेशिन ताेडकाे रुपमा लिईन्छ।
दाेस्राे उल्लेखनीय मजदुर आन्दोलन फ्रान्सकाे लियोन शहरको विद्राेह हो। जुन सन् १८३१ देखि १८३४ सम्म सम्म चलेको थियो । यसलाई जुलाहा अान्दोलनकाे रुपमा लिईन्छ। कपडा वुन्ने मजदुरलाई जुलाहा भनिन्थ्यो । ३० हजार भन्दा वढी मजदुरहरु कपडा वुन्ने काम गर्दथे। मालिकका ज्यादती, वढ्दाे मंहगी , ज्यादै कम ज्याला , सभा, भाषण र हडताल गर्न प्रतिवन्ध थियो ।मजदुरको नारा थियोे – काम गरेर जिउ तथा लड्दा लड्दै मरि जाउ” । त्यसक्रममा सेना प्रहरीसंग ठूलो लडाइँ भयो ।मजदुरहरुले उनिहरुलाई पराजित गरि लियोन शहर १०दिन कव्जामा राख्न सफल भए ।मजदुरको पक्षमा राजनीतिक पार्टी नहनुकाे कारण उनिहरुले कव्जा गरेको सत्ता टिकाउन सकेनन् ।
सन् १८३२देखि १८४८सम्म वेलायतमा मागपत्र सम्वन्धि ठुलाठुला आन्दोलनहरु भएको छ। निर्वाचनमा भाग लिन पाउनु पर्छ ,कम ज्याला, वेलग्राम श्रमशाेषण तथा विभिन्न प्रकारका उत्पीडनका विरुद्ध ३० लाख भन्दा वढी मानिसहरुकाे हस्ताक्षर संकलन गरि सरकारलाई वुझाउने काम गरियो तर संसदले अस्वीकार गरेर लडाइँको कदम चल्याे। मजदुर नेताहरुलाई जेल हाल्ने ,दमन गर्ने कार्य गरि आन्दोलन विर्सजन हुन पुग्यो ।
सन् १८४५ देखि १८४८ सम्मकाे फ्रान्सेली मजदुरको वलिदानीपुर्वक संघर्ष निकै महत्त्वपूर्ण छ। कम ज्याला, वालवालिकालाई श्रम लगाउने १८ घण्टा भन्दा वढी काम गर्नुपर्ने, राजनीतिक अधिकारवाट वन्चित गरिएका मजदुरहरुले आन्दोलन गरे। शुरुमा आन्दोलन सानो आकारको भएता पनि सन् १८४८ सम्म पुग्दा निर्णायक तहसम्म पुग्यो । सेना प्रहरीसंगकाेे भिषण संघर्ष मा २५ हजार मजदुर गिरफ्तार गरिए । गिरफ्तारी मजदुरमाथि अमानवीय ढंगबाट हत्या गरि अन्ततः मजदुर आन्दोलन विर्सजन तिर गयो । फ्रान्समा उक्त आन्दोलनलाई जुन महिनाकाे अान्दोलनले चिनिन्छ ।
सन् १८४८ मा जर्मनीमा मजदुरले २१ वर्षको पुगेको मानिसलाई मतदान गर्ने पाउनुपर्ने सारा जनतालाई शसस्त्र पार्नुपर्ने ,विना पैसा कानुनी सल्लाह दिनुपर्ने ,चर्च र राज्यलाई अलग गर्नुपर्ने, निशुल्क शिक्षा व्यवस्था हुनुपर्ने आदि माग राखेर आन्दोलनमा गए। यी माग प्रति माक्र्स र एंगेल्स सहमति हुनुभयो र यी मागहरुवाट सर्वहारा वर्गलाई समाजवादसम्म लैजान सकिने वताउनु भयो ।
सन् १८४८ मार्च १८ मा वर्लिन शहरमा ठूलो प्रर्दशन भयो । सरकारी फाैज र मजदुर विच करिव १३-१४ घण्टा सम्म ठूलो लडाइँ भयो र मजदुर वर्गको विजय भयो । तर मजदुरहरुले सत्ता टिकाउन सकेनन् ।पुरानो सत्ताको षड्यन्त्रका कारण सत्ता ढल्याे। यसविचमा फ्रान्स ,वेलायत, पाेर्चुगल र जर्मनीमा लगायत देशहरूमा मजदुर द्रारा उथलपुथलकारी आन्दोलन संञ्चालन गरियो । ठुला ठुला विरता र वलिदानका श्रृङखलाहरु कायम गरियो । जर्मनी मजदुर आन्दोलनका लागि माक्र्स आफैंले आफ्नो पुर्खयाैली सम्पत्ति वेचेर हतियार किन्नु भयो । राईन पत्रिकामार्फत मजदुर वर्गलाई राज्यसत्ता विरुद्ध लड्न प्रेरित गरिरहनु भयो । यसविचमा त्यतिबेलाका शासकवाट देश निकाला गर्ने र अपमान जनक ढंगबाट व्यवहारवाट अविचलित रुपमा अगाडि वढी रहनु भयो । माक्र्स र एंगेल्सकाे सहयात्रा ३ वटा ठूलाठूला हतियारबद्ध संघर्षको नेतृत्व गर्नुभयो । यस प्रकारको संघर्ष काे पृष्ठभूमि मा कम्युनिस्ट लिंग काे निर्माण र कम्युनिस्ट घाेषणापत्र प्रकाशन हुन गयो ।वैज्ञानिक विचार साथै माक्र्सवाद निर्माणको प्रक्रियाले रुपमा रहयाे। राजनीतिक पार्टीको अभाव वैज्ञानिक विचार र दर्शनको अभाव राष्ट्रिय अन्तर्राष्ट्रिय संयाेजनकाे अभावमा र नेतृत्वमा देखिएको समस्याका कारण ठुलाठुला संर्घषवाट प्राप्त भएको अधिकार दमनवाट ध्वस्त गरिए । कव्जा गरिएका कारखाना साथै राज्यसत्ता संञ्चालन गर्ने ज्ञानको अभाव का कारण टिकाउन सकिएन ।अन्ततः सम्पूर्ण पक्षहरुकाे संश्लेषणसहितको माक्र्सवादले ” संसारका मजदुर एक हाै” भन्ने मुल नाराकाे निर्देशनमा अन्तर्राष्ट्रिय संञ्जाल शसस्त्र संघर्ष राज्यसत्ता प्राप्तिका आधारभूत प्रश्नहरु स्थापित हुन पुगे ।कम्युनिस्ट घाेषणा पत्रकाे प्रकाशन पश्चात् थुप्रै देशहरूमा मजदुर पार्टी र संगठन निर्माण गरि राज्यसत्ता प्राप्तिको लागि ठुला ठूला शासकका विरुद्ध सर्घषहरु संञ्चालन गरियो । यसक्रममा सन् १८७१ मा पेरिस क्रान्ति सम्पन्न भयाे। सम्पूर्ण राज्सत्ता मजदुरको हातमा पुग्यौं र मजदुरको पहिलो राज्यसत्ता वन्याे। याे सत्ता ७१ दिनभन्दा वढी टिकाउन सकिएन , प्रतिक्रान्ति हुनपुग्याे। नियमित सेनाको अभाव, उदारवादी राजनीतिक चिन्तन, ठुलाठुला अर्थतन्त्रहरुका केन्द्रहरुकाे नियन्त्रणमा अभाव, भिषण नरसंहारकारी युद्धमार्फत मजदुर सत्ता पराजित हुन पुग्यो । ठुलो संख्यामा कम्युनार्डहरुकाे निर्ममतापुर्वक हत्या गरि प्रतिक्रान्ती गर्न पुँजीवादीहरु सफल भए । तर याे अान्दोलनकाे प्रक्रिया राेकिएन ।


सन् १८८६ देखि १८९० सम्म अमेरिकामा ठूलाठूला मजदुर अान्दोलन हुनगयाे। तथापि राज्यसत्ता प्राप्तिको तहसम्म नपुगे पनि याे अान्दोलनवाट मजदुरका केही आधारभूत मान्यतामाहरु स्थापित गर्न सफल मानिन्छ । ८ घण्टा काम ८ घण्टा मनाेरञ्जन ८ घण्टा आराम काे माग पूरा गराउन सफल देखिन्छ । यस आन्दोलनक्रममा आन्दोलनकारीमाथि गाेली चलाईयाे , सयाैलाई गिरफ्तारी गरि मृत्यु दण्ड दिईयाे।
सन् १८८९ मा अमेरिकी सरकारका विरुद्ध र त्यहाँ संघर्षरत मजदुरको एकवद्धतामा पेरिसमा अन्तर्राष्ट्रिय मजदुरहरुकाे प्रतिनिधिहरुकाे वैठक वसि १ मेलाई अन्तर्राष्ट्रिय मजदुर दिवसकाे रुपमा मनाउने र उक्त मजदुर आन्दोलनलाई विश्व व्यापी वनाउने निर्णय गर्याे। त्यसपश्चात युरोपलगायत विश्वका विभिन्न देशहरुमा शसक्त ढंगबाट मजदुर अान्दोलन अगाडि वढ्याे। यसदिनलाई संसारभरि मनाउन सुरुवात गरियाे।
सन् १९१७ मा रुसमा मजदुरहरुले केन्द्रीय सत्ता हातमा लिए । विभिन्न उतारचढाव विच कमरेड लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सफल भयो ।पुँजीवादी सत्ताले करिब ४ सय वर्षमा पनि विकास नभएको उथलपुथल विकासको याेजना लाई झण्डै ३ दशकमा जनतालाई गाँस ,वास,कपास ,शिक्षा र स्वास्थ निशुल्क हुनु अन्तरिक्षमा मानवयानकाे प्रक्षेपनर जर्मन साम्राज्यवादका विरुद्ध निर्णायक श्रेष्ठता कायम गर्नु तत्कालीन साेभियत सत्ताको विशेषताहरु हुन । यस अवधिमा पुर्वी युरोपका दर्जनौं मुलुकमा मजदुर वर्गको सत्ता स्थापित हुन पुग्यो । यर्सथ मजदुरको ठूलो वलिदान,सहि राजनितिक विचार र कुशल नेतृत्व आफ्नै विशेषताकाे परिणाम ईतिहास मजदुरको निमित्त गर्विलाे वन्न गयो ।
भुमण्डलीकृत साम्राज्यवाद र नेपाली मजदुरकाे भुमिका :
साम्राज्यवादकाे गतिशील चरित्र पनि उसको विकास र रक्षामा निर्भर छ । गतिशील वस्तुको विकास र जीवन्तता उसको गतिमा निहित हुने मामिला विज्ञान सम्मत पनि छ। यसको भुमण्डलीकृत स्वरूप ,उपभोक्तावादी वजारकाे विस्तार ,विभिन्न राजनीतिक तथा शैनिक संरचनाको निर्माण र परिचालनमार्फत उत्पीडित राष्ट्रका अथाह साधन स्रोतको दाेहन गर्ने र विशुद्ध नाफा जस्ता दर्जनाै गतिशील विशेषतामा साम्राज्यवाद व्यक्त भएको छ। आज विश्वव्यापीरुपमा रहेको ठुलो संख्यामा रहेको ज्ञान र सिपवाट भरिपुर्ण युवा युवतीको भविष्य अनिश्चितकालीन भुमरीमा रुमल्लिएकाे छ। ठुलो पुँजीकाे परिचालनसहित डाक्टर ,ईन्जिनियर , विभिन्न सीप हासिल गरेका युवाहरूले आफ्ना सीप क्षमताहरु प्रयोग गर्न पाईरहेका छैनन् । विज्ञान प्रविधिकाे विकास र श्रमकाे क्षेत्रमा संकुचन साम्राज्यवादले विज्ञान प्रविधिकाे क्षेत्रमा अथाह लगानी साथै विकासमा गरेको अभुतपुर्व कारण श्रमकाे क्षेत्र सांघुराे भएको छ । मानवकाे ठाउँ मेशिनले लिएको छ। हजारौं मानिसले गर्ने काम एउटा मेशिनले निश्चित समयभित्र गर्न सक्छ । हजारौं संख्यामा चाहिने सुरक्षा गार्ड अहिले आधुनिक क्यामारा जडान गरि शहरको चाेक र गल्ली तथा अफिसमा आईपुगेकाे छ। संञ्चारकाे क्षेत्रमा ठुलो फड्को मारेको पाईन्छ । हजारौं संख्यामा चाहिने हुलासेवाकाे जनशक्तिलाई माेवाईलले विस्थापित गरेको पाईन्छ । हजारौं कृषि मजदुरलाई विस्थापित गर्दै आधुनिक कृषि आैजारहरुद्वारा सेवा प्रदान हुन थालेको छ। विकसित देशहरूमा राेर्वटद्वारा विभिन्न कामहरु सम्पन्न गर्ने आाधुनिक प्रविधि कारण मानवीय श्रम क्षेत्रमा श्रमि हरु विस्थापित हुन पुगेको छ । यसले ठूलो जनशक्ति वेराेजगार हुदै गईरहेकाे छ। AI मार्फत उत्पादन क्षेत्रमा पुँजीवादीहरुले ठूलो लगानी गरि मानवीय श्रम क्षेत्रलाई संकुचित वनाएकाे छ। आप्रवासी मजदुरलाई आधुनिक दासको रुपमा चित्रण गरिएको छ। जसले श्रमकाे उचित ज्याला ,सामाजिक सुरक्षा जस्ता विषय सामान्य वनेकाे छ। आफ्नो अधिकारकाे माग राख्न पाउने अधिकारवाट वन्चित छ। याे क्रान्तिकारी मजदुर आन्दोलनको निमित्त चुनाैति वनेकाे छ। साम्राज्यवादले आफ्नो अथाह श्रमशाेषणलाई रक्षा र सुनिश्चितताका लागि मजदुर वर्गको सानो हिस्सालाई नाफाको सानो प्रतिशत वाेनस दिने ,सानो प्रतिशत शेयर पनि दिने गरेको पाईन्छ । यसको तात्पर्य उत्पादन र सुरक्षामा कार्यरत मजदुरलाई वाेनस वा शेयर दिदा मजदुरले उत्पादन कार्यमा सक्रियता पुर्वक भाग लिने र उत्पादनमा वृद्धि हुने तथा सुरक्षाको ग्यारेन्टी हुने अवस्था हुन्छ । यसको सानो हिस्सालाई विभिन्न दर्जासहित काममा लगाउने जसकारण उपल्लो दर्जाले तल्लो दर्जालाई उनिहरुविरुद्ध हुन सक्ने आन्दोलन तथा संर्घषहरु राेक्न सकुन ।आज विश्वासव्यापी र नेपालमा पनि मजदुर आन्दोलन नयाँ ठाउँमा उपस्थित भएको छ। नेपाल कम्युनिस्ट पार्टीले लिएको एकीकृत जनक्रान्तीकाे कार्यदिशामार्फत वैज्ञानिक समाजवादकाे लक्ष्यमा पुग्ने नयाँ विचार ,दर्शन र नयाँ राज्यसत्ताको स्थापना नै मजदुर वर्गको सचेत प्रयत्न र पहलवाट मात्र साम्राज्यवादी शक्ति र दलाल पुँजीवादी शक्तिलाई ध्वस्त गर्न सकिन्छ ।
मजदुर आन्दोलनकाे अगाडि चुनाैती :
यो अवधिमा अन्तर्राष्ट्रिय मजदुर आन्दोलन रक्षात्मक रुपमा रहन् गयाे। यसविचमा साम्राज्यवादका विभिन्न उत्पीडन व्यापक भए पनि याे वर्ग संर्घषमा व्यक्त हुन सकेको छैन । ठुलो वर्गीय दरार भए र पनि पुँजीवादी सत्ताको विरुद्ध संगठित हुने र संर्घषकाे दृष्टिले पुँजीवादीमाथि निर्णायक तहमा श्रेष्ठता कायम गर्न सकेको छैन । यसका पछाडिको प्रथमतः आजको विश्व परिवेशमा नयाँ विचारको विकास हुन नसक्नु द्वितीय ,साम्राज्यवादकाे गतिशीलता चरित्र ( भुमण्डलीकरण र सुचना संचार तथा विज्ञान प्रविधिको क्षेत्रमा अभुतपुर्व क्रान्ति )तृतीय विश्वव्यापीरुपमा मजदुर आन्दोलनमा पैदा भएको रक्षात्मक अवस्था आदि कारण हरु रहेका छन् ।आज विश्वव्यापीरुपमा पुँजीवादमा जुन संकटआई रहेको छ।त्यसले गुणात्मक मजदुर आन्दोलनको आवश्यकताकाे माग गरेको छ। धनी र गरि विचकाे खाडल वढेर जानु , सिमित व्यक्तिको हातमा ठुलो पुँजी केन्द्रीकृत हुदै जानु, गरिबी ,अभाव ,भ्रष्टाचार ,मंहगी ,वेराेजगार, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा देखा परेका माफियाकरणका कारणले गुणात्मक मजदुर क्रान्तिकाे माग गरेको छ। साम्राज्यवाद र दलाल पुँजीवादले विकास गरेको मजदुर विरोधी दर्शन, राजनीति ,अर्थतन्त्र र संस्कृतिविरुद्ध आज मजदुर वर्गले नयाँ ढंगले संगठित गर्ने दायित्व नै मुल आवश्यकता वनेकाे छ। जसरी नेपाल कम्युनिस्ट पार्टीको विचार, दर्शनलाई आत्मसात गरि मजदुरलाई प्रशिक्षित गर्ने र नेपालमा देखिएको हजारौं लाखौं युवायुवतीलाई देशमा राेजगारकाे वातावरण वनाउने,राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग गरि राष्ट्रिय पुँजी निर्माणमा ध्यान दिई एकीकृत स्वामित्वमा अाधारित अर्थप्रणालीलाई लागू गर्न सम्पूर्ण जनतालाई केन्द्रीकृत र संगठित गर्नु आजको आवश्यकता हो । पुँजीवादले नयाँ संकटसंगै मजदुरको राेजगारी कटौतीमा जाेड दिईएकाे पाईन्छ । दिनहुँ नयाँ वेराेजगार वन्ने विषय विडम्बनापूर्ण छ। नेपालकाे सन्दर्भमा वैदेशिक आर्थिक सहायता वा ऋण अनपेक्षित छ। विशिष्ट केहीलाई छाेडेर न्यून ज्याला र सिमित कामको अवस्थादेखि अधिक कामकाे तहमा समेत वितरित न्यून काेटीकाे पारिश्रमिक भुक्तानी परिपाटी प्रति जनगुनासाे व्यापक वनिरहेकाे छ। राज्य निरीह छ,अधिकार सम्पन्न पक्ष र दवाव समुहद्रारा विशिष्ट केही सन्दर्भमा वाहेक मजदुरको हितमा प्राथमिकतामा पहल लिएको छैन।
वैदेशिक पलायनकाे उत्पन्न परिस्थिति र दिगो समाधानका निम्ति राज्य नितिगत रुपमा अन्याैलमा छ। यथास्थितिवादी साेच , मजदुर विरोधी चिन्तन , अर्थवाद,ट्रेडयुनियन वाद र सांगठनिक विचार धारामा मजदुरको आशा र भराेसामा क्रमश टुट्दै जानुले यसको प्राथमिकता वनाउन नसक्नु चुनाैति वनेकाे छ।
वर्तमान परिस्थितिका सवाल :
(क) विज्ञान र प्रविधिको विकाससंगै मजदुरको अधिकारकाे सुनिश्चितताकाे नयाँ वहस जरुरी हुनु।
(ख) साम्राज्यवादी हस्तक्षेप , घेरावन्दीसंगेै नयाँ पहलकदमकाे आवश्यकतामा जाेड दिनु जरुरी छ।
(ग )ट्रेड युनियन आन्दोलन गतिशीलता ,लगनशीलता नेतृत्वको आवश्यकताकाे दृष्टिकोण निर्माण हुनु अपरिहार्य छ।
(घ) याेगदानमा आधारित सामाजिक सुरक्षासहित राज्यको नितिगत तहमा उपस्थिति जरुरी छ।
(ङ) ट्रेड युनियन अधिकार सुनिश्चित जरुरी छ।
दलाल पुँजीवादका सवै हर्कतका विरुद्ध मजदुरहरुकाे सचेत पक्ष विरुद्धमा छ। गतिशील सिर्जनशील एवम् वैज्ञानिक याेजना निर्माणमा सांगठनिक पहल जरुरी छ। आधारभूत पेशागत अधिकार र राजनैतिक महत्त्व, हक र अधिकारसमेतको विरुद्ध न्यायकाे नक्कली आवरणमा आएको दलाल पुँजीवादी संसदीय व्यवस्था , साम्राज्यवाद निर्देशित नयाँ असहमति प्रस्तावमाथि मजदुरहरुको चाैतर्फी प्रहार स्वाभाविक र अनिवार्य वनेकाे छ। दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध वैज्ञानिक समाजवादी क्रान्ति अनिवार्य छ। यसको प्राप्तिको लागि मजदुरहरुकाे उपस्थिति र सहभागिता महत्त्वपूर्ण हुनुको साथै अनिवार्य छ।

  • लेखक : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा समाजवादी ट्रेड युनियन महासंघ नेपालका सहईन्चार्ज हुन्।

प्रतिक्रियाहरु

[anycomment]