सुन प्रति तोला १ लाख ९२ हजार २ सय

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो। महासंघका अनुसार आज सुन तोलाको १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो।
यसैगरी , आज चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको हो।