नेकपाद्वारा नेता आकाशको असामयिक निधनप्रति दुःख व्यक्त

२०८२ बैशाख २८ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य एवम् मुस्ताङ जिल्ला इन्चार्ज छम सी (क. आकाश) को निधनप्रति दुःख व्यक्त गरेको छ।
महासचिव विप्लव सीले आइतबार शोक वक्तत्य जारी गर्दै छम सीको असामयिक निधनले पार्टीलाई दुःखी र मर्माहत बनाएको बताएका छन् ।
यस बिषयमा महासचिव विप्लव सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘महान् जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म आफ्नो भौतिक ज्यानको प्रवाह नगरी अहोरात्र देश र जनताका लागि अमुल्य योगदान पु¥याउँदै आउनुभएका क.आकाशको अल्पायुमै भएको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ । पार्टी उहाँको वैज्ञानिक समाजवाद प्राप्तिको अधुरो कार्यभार पुरा गर्ने प्रतिवद्धतासहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै यस दुःखद क्षणमा उहाँको परिवारजनमा समवेदना प्रकट गर्दछौं ।’
बुवा तेजेन्द्र सेन र आमा नेत्र कुमारी सेनको जेठो छोरो आकाश २०३२ साल भाद्र १६ गते बाग्लुङमा जन्मिएका थिए । दुई छोरा र एक छोरी बुवा उनी २०५८ सालदेखि पार्टीमा होलटायमर थिए । घरमा आमा, बुवा, श्रीमति, छोरा र छोरी रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु