श्रम र कृषिसँग मानव समाज
श्रमलाई सम्मान गर्नु साम्यवादको सान्दार गुण हो । उत्पादनको लागि मान्छे र प्रकृति बीचको सङघर्षलाई ज्ञान प्राप्त हुने स्रोत मानिन्छ । माओ
किसान, श्रम र कृषिमा आत्मनिर्भर छन भन्ने कुरा हामी नागरिकहरूले बुझेनौ भने देश परनिर्भर बन्न जान्छ, यो कुरा राज्य सत्ताले पहिला बुझ्नुपर्छ । कृषि भनेको मानव समाजको जीवन हो, जसले यो कुरा बुझ्दैन त्यो मानव लोप भएर जान्छ । कृषि भनेको खाना हो । खाना नखाई यो संसारमा बाचेको कोही र केही प्रणाली छैन होलान । त्यसैले श्रम र कृषिसँग मानव समाजको जीवन जमिनसँग मान्छेको श्रमले नै यो संसारको विकास भएको देख्न सकिन्छ । यो कुरा व्यक्ति, परिवार, समाज र राज्यसँग जोडिएर आएको हुन्छ भन्ने कुरा बुझिएन भने कृषि क्रान्ति पनि गर्न सकिदैन । हुत यो संसारमा दुईवटा समाजहरू छन् । ती दुबै समाजमा कृषि अनिवार्य हुन्छ । तर, धेरै र थोरै भन्ने बाट सुरु भएर बचत र खर्चसम्म जाँदा परिवार समाज र राज्य सत्तासम्मको संरचना निर्माण र समाज विकासको ईतिहास निर्माण भएको देख्न सकिन्छ । यसलाई तीन भागमा हेरौं, जो निम्न छ ः–
क) जमिनसँग मान्छेको श्रम
श्रम संङघर्ष अनुसन्धान काममा क्रान्ति र उत्पादनलाई जोडने हो भने जमिनसँग मान्छेको श्रमले मात्र ज्ञान प्राप्त भएको देखिन्छ । यो ज्ञानबाट नै विज्ञानको विकास र प्राविधिक समाजको विकास भएको हो भन्ने कुरालाई आजको यो नयाँ भौतिक विज्ञानले पुष्टि गरेको कुरा हामी सबैले आफ्नो जीवन व्यवहारमा लागू गरेका हुन्छौं । तर बुझाइ आर्दशवादीहरूका काल्पनिक कुराहरूमा भ्रम परेका हुन्छौं । हाम्रो जीवन व्यवहारमा भोगाई र गराइको बीचमा समस्य आएको देखिन्छ । यसलाई सही तरिकाले सोच्ने हो भने जमिनसँग मान्छेहरूको श्रम लाग्दैनथ्यो यो संसारमा हामीहरू अवस्था कस्तो हुन्थ्यो होला ? यो कल्पना भन्दा बाहिरको विषय हो । श्रम नै सबै वस्तुको मुख्य भाग हो भने श्रमले नै जमिनलाई कस्तो बनाउने भन्ने कुराले मान्छेहरूलाई अनुसन्धान गर्ने वातावरण बनाइ दिएको हुन्छ । जो आज जमिनमा मान्छेहरूको श्रम, समय र उत्पादनमा जाने वातावरण बनाई दिएको छ । यदि जमिनमा मान्छे जान्दैन्न थियोे भने ऊ कित लोप भएको शुन्य हुन्थ्यो, कित काल्पनिक आर्दशवादी कुरामा गएर दलाल पूँजीवादी व्यवस्थालाई सहयोग गरेका हुन्थ्यो र छौँ पनि । यो कुरा श्रम, सङघर्ष र उत्पादको अनुसन्धानबाट नै कुरा पुष्टि भएको छ । किनभने जमिन भनेको मान्छेहरूको लागि श्रम गर्ने मुख्य केन्द्र हो भन्नेमा कसैले पनि नकार्न सक्दैन । तर राज्यसत्ता संचालन गर्नेले नबुझेर यो समस्या आएको हो । अन्तर विरोधलाई हल गर्न पहिला जमिनसँग मान्छेको श्रम र उत्पादनसँग समयलाई नजोडिकन मान्छेहरूको श्रमलाई बुझन सकिदैन । आजको विकसित विश्वको नयाँ आर्थिक नीतिलाई पनि विकास गर्न सकिदैन होला ? अर्को कुरा जो मान्छे श्रम गर्छ, ऊसँग जमिन छैन । जो श्रम गर्दैनन् ऊनीहरूसँग धेरै जमिन छ । यो पूँजीवादी व्यवस्थाले विज्ञान विरोधी कुरा गरेको छ । यो कुरा अहिलेको दलाल संसदीय पूँजीवादी राज्य व्यवस्थामा लागू भएको छ । यसबाट मुक्त हुन सबैभन्दा पहिला मान्छेसँग श्रम र श्रमसँग जमिनको सम्बन्ध एकअर्काका परिपुर्क भएर आएका हुन्छ भन्ने कुरा नीतिगत रूपमा मात्र होईन कि व्यवहारिक रूपमै लागू गर्नु पर्नेभएको छ । आजका युवा पुस्ताहरूले बुझन जरुरी देखिन्छ ।
यो दलाल पूँजीवादी राज्य व्यवस्थाबाट होइन कि नेपाली विशेषताको वैज्ञानिक समाजवादी राज्य व्यवस्थाबाट र नेपाल देशबाट विश्वका जनताले देख्ने गरी व्यवहारमा देखाउन सकिन्छ । यसको उठान एकीकृत जनक्रान्ति र नेपाली विशेषताको समाजवादमा देख्न सकिन्छ । कृषिबाट आत्मनिर्भर उत्पादन र उद्योगबाट स्वधींन देश बनाउन सकिन्छ । यो नेपाल कम्युनिस्ट पार्टीका नेतालगायत सम्पुर्ण नेता कार्याकर्ताहरूबाट सिक्न सकिन्छ । कि भने उत्पादन कार्यलाई कसरी बुझने ? यो केबल व्यावहारिक कार्यकुशलताको कुरा मात्र नभएर नयाँ समाजवादी समाज निर्माणको बिचार र दृष्टिकोणको विषय पनि हो । त्यसैले नेकपाका सम्पूर्ण नेताहरू आज उत्पादनमा जोडिएका छन् ।
यदि इमानदार भएर खोज गर्ने हो र गरियो भने श्रम र समयलाई उत्पादनमा जमिनसँग मान्छेको श्रमलाई जोडने हो भने आत्मनिर्भर हुन सकिदो रहेछ भन्ने कुरा नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्याकर्ताबाट सिक्न र देख्न सकिन्छ । यदि इमानदार भएर खोज गरियो भने नयाँ ज्ञान पाउन सकिन्छ भने जस्तै मान्छेको श्रमलाई जमिनमा उत्पादनमूलक वस्तुहरूको अनुसन्धान गर्ने हो भने नयाँ ज्ञान प्राप्त गर्न सकिन्छ । आजको नेपाल समाजमा समाजवादी समाजलाई आफ्नै श्रममा रमाउने नयाँ सुन्दर समाज निर्माण गर्न सकिन्छ । त्यसैले जमिनसँग मान्छेको श्रम अनिवार्य हुन्छ र श्रम मानव जीवनको पहिलो आधारभुत शर्त हो । यो चेतना मान्छेको श्रमबाट उत्पादनमा जादै गर्दा श्रमले समयको आवश्यकताहरूको खोजि भयो त्यहीबाट श्रम सुरू भएको हो भन्ने कुरालाई आज कसैले पनि नर्कन सक्दैन होला ? त्यसैले प्रत्येक मान्छेहरूले आपूmसँग भएको एकटुक्रा जमिनमा जतिसक्छौ क्षमता अनुसारको श्रम गरिदिने हो भने हाम्रो यो संसार कति सुन्दर फुलवारीको बगैंचा हुन्थ्यो होला ? एकचोटि हामी नेपाली समाजका अगुवाइ गर्नेहरूले कल्पना गरौ त ।
यी माथि कुराहरू नबुझ्नाले उत्पादन नगरी हुने नाफा खोज्दा बिचौलीया (दलाल वर्ग) जन्माउने दलाल पूँजीवादी व्यवस्थाको जन्म भएको र परनिर्भरको भरौसामा बस्ने समाज निर्माण भएको हो । जसले परनिर्भर बढाइ दिएको देखिन्छ । यसले गर्दा यो समाजमा राष्ट्रियताको हकमा असुरक्षा र खतरा पैदा गरिदिन्छ र विदेशी दालालहरू खडागरेर देश अरूको अधिनायकवादमा चलन सुरू भएको छ ।
अर्को कुरा कृषि राष्ट्रिय अर्थतन्त्र को आधार हो भने उद्योग राष्ट्रिय अर्थव्यवस्थाको नेतृत्वकारी पक्ष हो, त्यस्तै कृषिमा मानव जीवनलाई श्रम र समयसँग लगाउन सक्नुपनि मान्छेको आधारभुत कुरा हो । त्यसैले जमिनसँग मान्छेको श्रम, समय र सङ्गघर्ष अनिवार्य आवश्यकता भएको हुन्छ ।
ख) व्यक्ति र परिवार
समाजको सबैभन्दा सानो इकाई परिवार हो भने परिवाको इकाई व्यक्ति हो । यो कुरा पहिला समाजले बुझ्नु पर्दछ, व्यक्तिबाट परिवार र परिवारबाट समाज, समाजबाट राज्यको उत्पति भएकोहो । अर्थात् त्यो सबैको विकसित रूपनै राज्य सत्ता हो । राज्य सत्ताले नै जातिहरुको विभाजन गराएको देखिन्छ । अनि जातिहरुको किन विभाजन र निर्माण भाए त भन्ने कुरा पहिला व्यक्तिबाट परिवार, परिवारबाट समाजको बृहत विकसित रूपलेनै विश्व समाजको निर्माणको पहिलो आधार खडा भएको समाज हो । आज किन विभाजन भए त भन्नेकुरा सम्वन्धित विषयमा आजको नेपाली समाजले बुझेर आफ्नो जीवन व्यवहारमा लागू गर्न जरुरी भएको छ किनभने केही मान्छे इतिहासलाई नपढेर हावाको तालमा हिँडेको देखिन्छ ।
यी माथिका सबैकुराहरू जमिनसँग मान्छेको श्रम र संङघर्ष गर्ने कुराहरूसँग सम्वन्धित देखिन्छ । त्यो भनेको व्यक्ति जमिनसँग जोडिन्छ जमिनमा श्रम गर्नुपर्दछ जब श्रमगर्न सुरू गर्छन । त्यसबेला व्यक्ति र परिवारको कुराहरू सुरू हुन जान्छ र श्रम व्यक्तिगत या सामूहिक गर्ने भन्ने कुराहरूमा धेरै र थोरै उत्पादन गर्नेबाट सुरू हुन्छ । त्यहिबाट मान्छेको चेतनाको विकास भएर आउन्छ । जब मान्छेको चेतनाको विकास हुन्छ अनि त्यो चेतनामा सकारात्मक र नकारात्मक सोचाइको विकास पनि सँगसँगै भएर आएको हुन्छ । राम्रो सोच भयो भने सामुहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्वको आधारमा व्यक्ति वा परिवार मिलेर जान्छ । नकारात्मक सोचाइ भयो भने एक व्यक्तिमा असिमित सोचाइ हुन्छ र श्रम शोषण गर्ने र निजित्वको भाव प्रकट गर्ने र उत्पादन बिनाको मुनाफा खोज्ने चेतनाको विकास भएर आउन्छ । यहीँबाट समाजबाट परिवारले परिवारबाट व्यक्तिले श्रम शोष्ण गर्ने, समाज विभाजन हुने प्रक्रियाको सुरू हुन्छ । सबैभन्दा पहिला जमिनसँग मान्छेको श्रम हो भन्ने कुरा नबुझेर नै श्रमलाई सम्मान होईन कि शोषणको नकारात्मक सोचको विकास भएको देखिन्छ । यही विषय आजको विकसित नयाँ समाजलाई बुझाउन नसकेका कारणले गर्दा दलाल पूँजीवादी व्यवस्थामा नयाँ युवापुस्ताहरू गएको देखिन्छ । श्रमलाई अपमान गर्ने नेतुत्वको पछि लाग्ने पंक्तिको पनि विकास भएको देखिन्छ । यसमा सबैभन्दा धेरै दलाल पूँजीवादी संसदीय राजनीतिमा बेथिति आएको देखिन्छ ।
जो नेता आफ्नो परिवारलाई उत्पादनमा लिन सक्दैन उसले पार्टीलाई पनि लिन सक्दैन, अनि कृषिमा जाने नीतिलाई रोमान्चक गरेको देख्छ र उत्पादन केही होइन भन्ने उसको पूँजीवादी चेतनाले कमान्ड गरेको हुन्छ । उ राजनीतिमा जिरो भएका मान्छेभन्दा अरू केही हुन सक्दैन ।
यथार्त होईन कि काल्पनिक कुरा गरेर समाजवादी समाजभित्र घुसेर समाजवादी समाजलाई सिध्याउने योजनामा बसेको पूँजीवादी दलालहरूका नाइके हुन्छन । यो कुरा नेपालको कम्युनिस्ट आन्दोलनमा पनि बेलाबेला देखेका छौ । यसको अन्य गर्न एकीकृत जनक्रान्तिको कार्यादिशाबाट हल गर्न खोजिएको छ । श्रम, समय, सङ्गघर्ष, र उत्पादनलाई मानव जीवनको पहिलो आधार हो भन्ने कुरा व्यवहारबाट नेपाल कम्युनिस्ट पार्टीका नेता कार्याकर्ताहरूले सुरू गर्न खोजेका छौ ।
अनि व्यक्तिबाट परिवारमा, परिवारबाट समाजमा, समाजबाट देशमा र देशबाट विश्वमा श्रम र जमिनको सम्बन्ध मान्छेहरूसँग हुन्छ भन्ने कुरामा सबै मानिसहरू सहमत छन । तर किन विभाजन छन् त ? यो विषय मुख्य हो । किन जमिनमा श्रम गर्दा गर्दै भनाभनाबाट लडाइँ सुरू भएको हो । यो कुरा सबैभन्दा पहिला समाजवादको बिचार मान्ने पार्टी र पार्टीका नेताहरूले आपूm र आफ्ना परिवारहरूबाट सुरू गरेर समाजलाई सिकाउन जरुरी हुन्छ किनभने जमिनसँग मान्छेको जीवन र श्रमसँग समयले नै यो संसारभरिका मान्छेहरूको चेतनाको विकास भएको हो भने कुरा विज्ञान र वैज्ञानिकले पुष्टि गरेको छ । त्यसैले गर्दा हामी सबै मानिसहरू श्रममा आत्मनिर्भर छौं भनेर भन्न सकिन्छ । जमिन र मान्छेको श्रम नै पहिलो कुरा हो, अरू सबै कुरा साहायगी हुन भन्न मिल्छ ।
यो विश्वमा आफ्नो श्रमलाई भन्दा अरूको बनावटी कुरामा विश्वास गर्ने समाज पनि छ, त्यो भनेको विज्ञानलाई भन्दा धर्मलाई विश्वास गर्ने काल्पनिक र आर्शवादी पूँजीवादी बिचारलाई विश्वास गरेको हुन्छ । व्यक्तिबाट परिवार र समाजको विकास भएको हो भन्ने कुरा थाहा नभएको समाज र थाहा भएर पनि समाजलाई विभाजनमा राख्ने व्यक्ति भएको कारणले गर्दा यो समाजमा श्रम र जमिनबाट मान्छेहरूलाई अलग गराएर समाजलाई बिगारेको देखिन्छ । परिवारबाट व्यक्तिमा धेरै अधिकार लिएको पनि देखिन्छ । यसको अन्त्य नेपाली विशेषताको समाजवादमा मात्र सम्भावना छ, अरूबाट होईन र हुदैन । यी माथिका सबैकुराहरू हेर्दा व्यक्तिबाट परिवार को विकास भएको हो ।
ग) समाज र राज्य सत्ता
माओले भन्नु भएको छ, उत्पादनका लागि मान्छे र प्रकृतिबीचको सङघर्ष ज्ञान प्राप्त हुने स्रोत हो भने श्रमलाई सम्मान गर्नु साम्यवादको शान्दार गुण हो ।
समय र श्रमलाई उत्पादनसँग जोड्नु भनेकै जमिनसँग मान्छेको जीवन जोडनु हो भने जस्तै व्यक्ति, परिवार र समाजबाट राज्य सत्ताको विकासको मुख्या आधार हो । समय, श्रम र उत्पादनहरू पनि सृजनाका स्रोतहरू हुन, यो कुरा पृथ्वीमा जेजति विकास भएको छ त्यो सबै जमिनसँग मान्छेको श्रमको विकसित रूपले नै राज्य सत्ताको विकास भएको हो । त्यसैले समाज र राज्य सत्ता पनि समय, श्रम र सङघर्ष बाट नै उत्पति भएका हुन । जमिनसँग मान्छेको जीवन श्रमसँग सम्वन्धित छ । श्रमलाई जमिनसँग समय र उत्पादनलाई सामुहिक रूपमा जोड्ने हो भने व्यक्ति र परिवारलाई समाजसँग जोडिदै गर्दा त्यो ठाउँमा राज्यसत्ताको विकास भएको हुन्छ । यो कुरा कसैले बेलैमा बुझ्छन, कसैले बुझदैनन । बुझ्ने व्यक्तिले परिवारको, परिवारले समाजको, समाजले राज्य सत्ताको अगुवाइ गर्ने सम्मको चेतनाको विकास भएर अगाडि आएको समाज हो । तर त्यो समाजलाई आज दुई भागमा विभाजित गरिएको छ । श्रम गरेर खाने र श्रमलाई शोसण गरेर खाने समाज । यसरी विकास भएको सममज आज भुमण्लिकृत पूँजीवादसम्म पुगेको छ र यसको अन्त्य वैज्ञानिक समाजले देश अनुसारको विशेषतामा समाजवादी व्यवस्थाले मात्र हल गर्न सकिन्छ । आरूबाट सम्भव देखिदैन ।
कृषिमा नाचाइबाट सिक भने झै उत्पादन र श्रम मानव जीवनको पहिलो आधारभूत सर्त हो । श्रमबाट नै मानव समाज र राज्य सत्ताको विकास भएको र गरेकाले कृषि र मानव जीवन र श्रमको महत्व नबुझिकन अरू कसैको लहलहैमा लागेका कारणले श्रम गर्नेलाई अपमान गरेका हुन्छौं । राज्य सत्ता र मानव समाज एकअर्काका परिपुरक श्रम र उत्पादनबाट भएका हुन्छन भन्ने कुरा जुन समाजले बुझ्दैन त्यो समाज परनिर्भर भएको हुन्छ । जुन समाज परनिर्भर हुन्छ, त्यो देशको राज्य सत्तापनि परनिर्भर हुन्छ । यो कुरा हरेक व्यक्ति, परिवार, समाज र राज्य सत्तामा लागू हुन्छ । त्यसैले सबैभन्दा पहिला श्रम बिना यो संसारमा केही बस्तुको विकास भएको हुदैन र छैन भन्ने कुरा बुझेपछि मात्र राज्य सत्ता को विकास भएको हो । तर यो कुरा नबुझेर आज गरि खाने र ठगि खाने समाजमा यो संसारका मानिसहरू विभाजन भएका छन । पहिलो कुरा जमिन हो, जमिनमा मान्छेहरूको श्रम लागेको छ, त्यही श्रमको विकसितरूप नै राज्य सत्ता हो ।
जतिसुकै ठूल–ठूला विकसित व्यक्ति वा देशहरू या राज्यहरू हुन । ती सबै मान्छेहरूको श्रमशक्तिबाट नै विकास भएर आएका इतिहासहरू छन । हुन पनि मान्छेको श्रमको विकसित रूपनै राज्य सत्ता हो भन्ने कुरा कसैले पनि नकार्न सक्दैन यो कुरा व्यक्ति, परिवार र समाजको विकसितरूपलाई राज्यमा विकास गर्दै आजको युगसम्म आएका छौ । तर आज श्रमलाई अपमान गरेको देखिन्छ किन होला ? श्रमले मान्छेरूलाई सबैभन्दा पहिला श्रम गर्न सिकायो त्यहीँ श्रमले नै विकास गरायो, केको लागि भन्दा खाना र बासको लागि यो नै यथार्त हो ।
तर, यो कुरालाई बुझ्न नसक्ने मान्छेहरूको कारणले गर्दा यो संसारमा श्रमलाई अपमान र दलालहरूलाई सम्मान गर्ने गलत कुराको विकास भएको छ ।
त्यसैले गर्दा जो मान्छेले श्रम र मानव समाजलाई बुझ्न सक्दैन, उसले समाज र राज्य सत्ता पनि बुझ्न सक्दैन । अनि समाजको विकासलाई नबुझ्नेहरू राज्यलाई पनि बुझ्न सक्दैन । समाज र राज्य सत्ता नबुझ्ने मान्छेले देश र संसार पनि बुझ्न सक्दैन । संसारलाई बुझ्न नसक्नेले आजको विकसित समाजलाई पनि बुझ्न सक्दैन, विज्ञानको त करै छोडौ । कुनै अर्को संसारबाट आएका हौ भन्ने काल्पनिक कुरामा विश्वास गर्नेछ । यो समाज हाम्रो नेपालमा देख्न सकिन्छ ।
श्रमसँग मान्छेको जीवन नजोडिएको संसार कुनै समाज छैन होला ? तर श्रम गर्ने मान्छे र समाजलाई किन सम्मान छैन त ? नेपाली युवाहरूले नयाँ बहस र निकास खोज्न जरुरी भएको छ किनभने राज्य सत्ता किन र कसरी उत्पति भयो भन्ने कुरा बुझ्न आवश्यक छ ।
आत्मनिर्भर नेता–कार्याकर्ता र जनता भएपछिमात्र देश स्वाधीन हुन्छ भन्ने कुरा बोलेर हुँदैन, जीवन व्यवहारमा उतार्नु पर्छ भनेर नेपाल कम्युनिस्ट पार्टीका महासचिवदेखि प्रतिनिधि समिति सदस्यसम्मका सम्पूर्ण नेता कार्याकर्ता हरू उत्पादनमा लागेका छन ।
यी माथिका सम्पूर्ण कुराहरूलाई हाम्रो नेपाली समाजमा बोलेर होईन, आफ्नो जीवन व्यवहारमा श्रम र उत्पादनमा समयलाई जमिनसँग जोडिदिन जरुरी भएको छ । मानव समाजको विकास र राज्य सत्ताको उत्पति कसरी भयो र जातिहरू कसरी विभाजन भए श्रमसँग मान्छेको जीवन र व्यक्तिबाट परिवार, परिवारबाट समाज र समाजबाट राज्य सत्ता विकास कसरी भएको हो भन्ने कुराहरू र श्रमबाट नै मानिसको चेतनाको विकास भएर आजको संसारमा विज्ञान र प्रविधिको विकास भएको हो । यो कुरा आजको भुमण्डलिकृत विश्वको पूँजीवादी व्यवस्था र नेपालको दलाल पूँजीवादी संसदीय राज्य व्यवस्थाबाट सम्भावना हुँदैन ।
एकीकृत जनक्रान्ति, वैज्ञानिक राज्य सत्ता नेपाली विशेषताको समाजवाद र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा पाउन सकिन्छ ।