विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो नौ महिना (चैतसम्म)को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आधारित तथ्यांक सार्वजनिक गर्दै कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको जनाएको छ ।
समिक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढ्दै ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६१ अर्ब ३ करोड (७.१ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब २२ अर्ब २१ करोड (४.६ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो नौ महिना (चैतसम्म)को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति यस प्रकार रहेको छ –
मुद्रास्फीति
ज्ञ। २०८१ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.२२ प्रतिशत र ४.२० प्रतिशत रहेको थियो ।
द्द। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ
समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको
६.५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदाथको ५.१र्६ प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासुको ०.८९ प्रतिशतले घटेको छ ।
घ। गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.६९ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र सुर्तिजन्य पदार्थको ४.८३ प्रतिशतले बढेको छ ।
द्ध। समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७८ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२५ प्रतिशतले बढेको छ ।
छ। प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशका वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९१ प्रतिशत, मधेश प्रदेशको ३.५९ प्रतिशत, बागमती प्रदेशको २.८० प्रतिशत, गण्डकी प्रदेशको २.८३ प्रतिशत, लुम्बिनी प्रदेशको ३.११ प्रतिशत, कर्णाली प्रदेशको ३.११ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.५१ प्रतिशत रहेको छ ।
ट। समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको छ । थोक मुद्रास्फीति
ठ। २०८१ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.२० प्रतिशत रहेको छ । अघिल्लो वर्षका सोही महिनामा यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत रहेको थियो ।
ड। समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.८३ प्रतिशतले बढेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १.०८ प्रतिशत र ३.०६ प्रतिशतले बढेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति २.५२ प्रतिशतले बढेको छ ।
तलब तथा ज्याला सूचकाङ्क
ढ। आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रयमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क २.६२ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्षको सोही त्रयमासमा यस्तो सूचकाङ्क ५.३४ प्रतिशतले बढेको थियो ।
ज्ञण्। प्रदेशगत रुपमा समीक्षा अवधिमा कोशी प्रदेशका वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कको बृद्धिदर १.१६ प्रतिशत, मधेश प्रदेशको २.१६ प्रतिशत, बागमती प्रदेशको १.९२ प्रतिशत, गण्डकी प्रदेशको ३.२५ प्रतिशत, लुम्बिनी प्रदेशको ३.२५ प्रतिशत, कर्णाली प्रदेशको ३.१३ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ८.०८ प्रतिशत रहेको छ ।
बाह्य क्षेत्र
वैदेशिक व्यापार
ज्ञज्ञ। आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई रु.१८८ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२.६ प्रतिशत, ६.७ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जुश, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।
ज्ञद्द। आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा कुल वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई रु.१३०९ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.८ प्रतिशतले कमी आएका थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.७ प्रतिशत, १४.४ प्रतिशत र २४.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, रासायनिक मल, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।
ज्ञघ। आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा कुल वस्तु व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई रु.११२१ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.८ प्रतिशतले कमी आएका थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।
ज्ञद्ध। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१३५ अर्ब ५५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१११ अर्ब २ करोड बराबरको भएको थियो ।
वैदेशिक व्यापारको संरचना
ज्ञछ। वृहत् आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३३.५ प्रतिशत र ६५.३ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात १.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनपात क्रमशः ५६.८ प्रतिशत, ०.४५ प्रतिशत र ४२.७ प्रतिशत रहेको थियो ।
ज्ञट। समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५१.७ प्रतिशत, पुँजीगत वस्तुको अनुपात ८.९ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३९.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ४९.२ प्रतिशत, ९.१ प्रतिशत र ४१.७ प्रतिशत रहेका थिए ।
निर्यात–आयात मूल्य सूचकाङ्क
ज्ञठ। वार्षिक विन्दुगत आधारमा २०८१ चैत महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्कमा ९ग्लष्त ख्बगिभ क्ष्लमभह० २.० प्रतिशत र आयात मूल्य सूचकाङ्कमा ०.२ प्रतिशतले कमी आएको छ । २०८१ चैत महिनामा व्यापारको शर्तमा ९त्भचmक या त्चबमभ० १.७ प्रतिशतले कमी आएको छ ।
सेवा
ज्ञड। समीक्षा अवधिमा खुद सेवा आय रु.८१ अर्ब तालिका २ः समीक्षा अवधिको शोधनान्तर सम्बन्धी केही परिसूचकहरु ५४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.५० अर्ब ७३ करोडले घाटामा रहेको थियो ।
ज्ञढ। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.५ प्रतिशतले वृद्धि भई रु.६६ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.६० अर्ब ७७ करोड
रहेको थियो ।
द्दण्। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण
व्यय १९.० प्रतिशतले वृद्धि भई रु.१७० अर्ब ३९ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.१०३ अर्ब ८४ करोड
रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.१४३ अर्ब २२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.९५ अर्ब ८५ करोड रहेको थियो ।
विप्रेषण आप्रवाह
द्दज्ञ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.० प्रतिशतले वृद्धि भई रु.११९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
द्दद्द। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१३०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११७४ अर्ब ५४ करोड रहेको थियो ।
द्दघ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिन नेपालीको संख्या ३,५८,२२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,४९,६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,२७,८४२ र २,११,२२६ रहेको थियो ।
चालु खाता एवम् शोधनान्तर स्थिति
द्दद्ध। समीक्षा अवधिमा चालु खाता रु.२१० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा रहेको छ ।
द्दछ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.७ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.४ अर्ब ७८ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.८ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.६ अर्ब ४९ करोड रहेको थियो ।
द्दट। समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३४६ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३६५ अर्ब १६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति
द्दठ। २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २०८१ चैत मसान्तमा रु.२४२६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।
द्दड। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई रु.२१३६ अर्ब
४६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८१ चैत मसान्तमा ५०.८ प्रतिशतले वद्धि भई रु.२९० अर्ब ३८ करोड कायम भएको छ । २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचक
द्दढ। आर्थिक वर्ष २०८१÷८२ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.७ प्रतिशत, ११८.७ प्रतिशत र ३२.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
घण्। अन्तर्राष्ट्रिय बजारमा २०८० चैत मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ९३.१२ रहेको कच्चा पेट्रोलियम ९ऋचगमभ इष् िद्यचभलत० को मूल्य २०८१ चैत मसान्तमा २८.२३ प्रतिशतले कमी आई अमेरिकी डलर ६६.८३ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८० चैत मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २४०१.५० रहेकोमा २०८१ चैत मसान्तमा ३४.५२ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ३२३०.५० पुगेको छ ।
विनिमय दर
घज्ञ। २०८१ असार मसान्तको तुलनामा २०८१ चैत मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.९२ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.२३ प्रतिशतले अवमूल्यन भएको थियो । २०८१ चैत मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१३७.३७ पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर रु.१३३.३६ रहेको थियो ।
सरकारी वित्त स्थिति
नेपाल सरकारको खर्च तथा राजस्व
घद्द। नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा नेपाल सरकारको कुल खर्च रु.९९८ अर्ब ५२ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु.६७८ अर्ब ९ करोड, पँुजीगत खर्च रु.१०२ अर्ब ९० करोड र वित्तीय व्यवस्था खर्च रु.२१७ अर्ब ५३ करोड
रहेको छ ।
स्रोत ः महालेखा नियन्त्रक कार्यालय
घघ। समीक्षा अवधिमा नेपाल सरकारको कुल
राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.८३१ अर्ब ४० करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व रु.७४४ अर्ब १५ करोड र गैर कर राजस्व रु.८७ अर्ब २५ करोड परिचालन भएको छ (तालिका ३) ।
नेपाल सरकारको नगद मौज्दात
घद्ध। २०८१ चैत मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.३७१ अर्ब ७९ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात रु.९३ अर्ब ९६ करोड रहेको थियो । प्रदेश सरकार खर्च तथा राजस्व
घछ। समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च रु.८५ अर्ब ४७ करोड र स्रोत परिचालन रु.१३९ अर्ब ७३ करोड रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.१०४ अर्ब ६७ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.३५ अर्ब ७ करोड रहेको छ ।
मौद्रिक स्थिति
मुद्राप्रदाय
घट। आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा विस्तृत मुद्राप्रदाय ६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा विस्तृत मुद्राप्रदाय ११.६ प्रतिशतले बढेको छ ।
घठ। समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.३४६ अर्ब २३ करोड (१७.४ प्रतिशत) ल बढेको छ । अघिल्लो वर्षको सोही
अवधिमा उक्त सम्पत्ति रु.३६५ अर्ब १६ करोड
(२५.१ प्रतिशत) ले बढेको थियो ।
घड। समीक्षा अवधिमा सञ्चित मुद्रा ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ६.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा सञ्चित मुद्रा ६.० प्रतिशतले बढेको छ ।
कुल आन्तरिक कर्जा
घढ। आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा कुल आन्तरिक कर्जा २.५ प्रतिशतले बढेको छ । अघिल्लो वषको सोही अवधिमा उक्त कर्जा १.८ प्रतिशतले बढको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा यस्तो कर्जा ६.८ प्रतिशतले बढेको छ ।
द्धण्। समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २१.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १७.२ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा यस्तो दाबी १.२ प्रतिशतले घटेको छ ।
द्धज्ञ। समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.२ प्रतिशतले बढको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.१ प्रतिशतले बढेको छ ।
निक्षेप परिचालन
द्धद्द। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.३६८ अर्ब ४७ करोड (५.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.४०९ अर्ब ४ करोड (७.२ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.५ प्रतिशतले बढेको छ ।
द्धघ। २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७ प्रतिशत, ३५.८ प्रतिशत र ५१.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.९ प्रतिशत रहेको थियो (तालिका ४) ।
द्धद्ध। २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहेको छ । २०८० चैत मसान्तमा यस्तो निक्षेपको अंश ३५.७ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह
द्धछ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.३६१ अर्ब ३ करोड
(७.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही
अवधिमा यस्तो कर्जा रु.२२२ अर्ब २१ करोड
(४.६ प्रतिशत) ले बढको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ ।
द्धट। २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत
क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत रहेको थियो ।
द्धठ। समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.४ प्रतिशतले, विकास बैंकहरुको ४.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.४ प्रतिशतले बढेको छ ।
द्धड। २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत रहेको छ । २०८० चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.४ प्रतिशत र ६७.६ प्रतिशत रहेको थियो ।
द्धढ। आर्थिक वर्ष २०८१÷८२ को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्य औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतल बढेको छ ।
छण्। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ४.९ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३७.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ६०.६ प्रतिशतले, हायर पर्चेज कर्जा ४.१ प्रतिशतले, नगद प्रवाह कर्जा ५.२ प्रतिशतल र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२.१ प्रतिशतल घटेको छ ।
तरलता व्यवस्थापन
छज्ञ। समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत रु.२२१२ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१४९७४ अर्ब १० करोड गरी कुल रु.१७१८६ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ भने रु.२ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद रु.७६६ अर्ब १९ करोड तरलता प्रशोचन गरिएको थियो ।
छद्द। समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब ६३ करोड खुद खरिद गरी रु.४८४ अर्ब ७१ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब २६ करोड खुद खरिद गरी रु.५६६ अर्ब ५५ करोड तरलता प्रवाह गरिएको थियो ।
छघ। समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ८४ करोड बिक्री गरी रु.३८६ अर्ब ८१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ७६ करोड बिक्री गरी रु.३६६ अर्ब ९९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
अन्तर–बैंक कारोबार
छद्ध। आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा वाणिज्य बैंकहरुको रु.१३६३ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.१४८ अर्ब ३१ करोड गरी कुल रु.१५१२ अर्ब १२ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.३१८६ अर्ब ४४ करोड र अन्य वित्तीय संस्थाहरुको रु.३२१ अर्ब ६० करोड गरी कुल रु.३५०८ अर्ब ४ करोडको अन्तर बैंक कारोबार भएको थियो ।
ब्याजदर
छछ। २०८० चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.०० प्रतिशत रहेकोमा २०८१ चैतमा ३.०६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० चैतमा ३.१० प्रतिशत रहेकोमा २०८१ चैतमा ३.०० प्रतिशत रहेको छ (तालिका ५) ।
छट। २०८१ चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.२९ प्रतिशत, विकास बैंकहरुको ८.३४ प्रतिशत र वित्त कम्पनीहरुको ९.१७ प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.५१ प्रतिशत, विकास
बैंकहरुको १०.४१ प्रतिशत र वित्त कम्पनीहरुको
१२.०२ प्रतिशत रहेको थियो ।
छठ। २०८१ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.४५ प्रतिशत, विकास बैंकहरुको ५.२२ प्रतिशत र वित्त कम्पनीहरुको ६.२४ प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत, विकास बैंकहरुको ७.५८ प्रतिशत र वित्त कम्पनीहरुको ८.८२ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८१ चैतमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.२२ प्रतिशत, विकास बैंकहरुको ९.५९ प्रतिशत र वित्त कम्पनीहरुको १०.४० प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १०.५५ प्रतिशत, विकास बैंकहरुको १२.१७ प्रतिशत र वित्त कम्पनीहरुको १३.३६ प्रतिशत रहेको थियो ।
वित्तीय पहुँच
छड। यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या (लघुवित्त वित्तीय संस्था समेत) २०८१ चैत मसान्तमा १०७ रहेको छ (तालिका ६) । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरु (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा संख्या २०८१ असार मसान्तमा ११,५३० रहेकोमा २०८१ चैत मसान्तमा ११,५१६ रहेको छ ।
पुँजी बजार
छढ। २०८० चैत मसान्तमा २०२५.७१ रहेको नेप्से सूचकाङ्क २०८१ चैत मसान्तमा २६६२.०८ कायम भएको छ ।
टण्। २०८१ चैत मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४४२५ अर्ब ४० करोड कायम भएका छ । २०८० चैत मसान्तमा बजार पुँजीकरण रु.३२१२ अर्ब १ करोड रहेको थियो ।
टज्ञ। २०८१ चैत मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१
जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० चैतमा सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थियो ।
टद्द। सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ ।
टघ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ चैत मसान्तमा सूचीकृत ८ अर्ब ७२ करोड शेयरको चुक्ता मूल्य रु.८५९ अर्ब ४५ करोड रहेको छ ।
टद्ध। आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा रु.१९ अर्ब ७७ करोड बराबरको बोनस शेयर, रु.१५ अर्ब ४१ करोड बराबरको साधारण शेयर, रु.११ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.१० करोड ६९ लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य शयर गरी कुल रु.५२ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
टछ। समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब ६० करोड बराबरको म्युचुअल फण्ड, रु.१० अर्ब ३७ करोड बराबरको हकप्रद शेयर, रु.४ अर्ब ८२ करोड बराबरको डिबेन्चर र रु.१ अर्ब ७९ करोड बराबरको साधारण शेयर गरी कुल रु.२८ अर्ब ५८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । ‘