एमाले केन्द्रीय कमिटीको बैठक सुरुहुदै

२०७१ श्रावण २७ गते, मंगलवार


काठमाडौ, २७ साउन ।नेकपा एमालेको केन्द्रीय कमिटी वैठक आजबाट शुरु हुँदैछ ।वैठकमा नवौं महाधिवेशनको समीक्षा, महाधिवेशनबाट पारित दस्तावेजहरुको प्रकाशन, केन्द्रीय कमिटी वैठक सञ्चालन कार्यविधि तथा आचारसंहिता निर्माण, पोलिटव्युरो तथा स्थायी कमिटीको निर्वाचन, केन्द्रीय कमिटीका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यहरुको मर्यादाक्रम निर्धारण, कार्य विभाजन तथा योजना लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
यस्तै सरकार तथा संविधानसभाको कामबारे समीक्षा गर्ने कार्यक्रम पनि छ । पछिल्लोपटक एमाले मन्त्री र नेताहरुले कांग्रेस नेतृत्वको सरकारको आलोचना गर्दै आएका छन् । नवौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि एमाले केन्द्रीय कमिटीको वैठक दोस्रोपटक बस्न लागेको हो । यसअघि साउन २ गते पहिलो वैठक बसेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु