प्रि-बजेट छलफल सुरु

२०८२ बैशाख ३० गते, मंगलवार


काठमाडौँ । प्रतिनिधि सभाले प्रि-बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ । प्रि-बजेट छलफलमा आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा छलफल हुनेछ । प्रि-बजेट छलफल १८ घण्टाको हुनेछ । यसमा नेपाली कांग्रेस र नेकपा एमालेलाई ५/५ घण्टा समय पाएका छन् । माओवादी केन्द्रले २ घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५० मिनेट पाएका छन् ।
एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी नेपालले २० मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट समय पाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु