बेलायतमा नेपाली भजन महोत्सव

२०८२ जेष्ठ १ गते, बुधबार

काठमाडौँ । बेलायतमा बस्ने नेपालीको संस्था ‘साझा नेपाली समाज यूके’को आयोजना भजन महोत्सव सम्पन्न भएको छ। लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीको सांस्कृतिक झाँकीसहितका टोली वेष्ट मिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएका थिए ।
‘आफ्नो पहिचान धर्म संस्कृति र आदर्शलाई जोगाउँ, सभ्य र उन्नत जीवनलाई अँगालौँ’ भन्ने नारासहित सम्पन्न महोत्सवमा आठवटै टोलीले भजन प्रस्तुत गरेका थिए ।
महोत्सव उद्घाटन गर्दैै उल्भरह्याम्टन काउन्सिलका मेयर लिन्डा लिचले, बेलायतमा जीवन बिताइरहेका नेपालीहरुले आफ्नो संस्कृति संरक्षणमा खेलेको भूमिकाप्रति खुसी व्यक्त गरे।
महोत्सवमा यो पटक सहभागीको सङ्ख्या पनि बढेको जानकारी दिँदै कार्यक्रम संयोजक नेपाली समाज वेष्ट मिडल्याण्डस्का पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक शिव खरेलले नेपाली संस्कृति संरक्षणका लागि बेलायतमा रहेका नेपाली समुदाय सचेत बन्दै गएको बताए।
महोत्सवमा ६०० भन्दा बढीको सहभागिता थियो । – रासस

प्रतिक्रियाहरु

[anycomment]