नेकपा मधेस प्रदेशद्वारा मिटरव्याज पीडितका समस्या हल गर्न आग्रह

२०८२ जेष्ठ २ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मधेस प्रदेशले मिटरव्याज पीडितका समस्या हल गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। यसैक्रममा नेकपाकी केन्द्रीय सदस्य तथा अजवलाल यादव स्मृति प्रतिष्ठानकी अध्यक्ष शिला सी र जिल्ला प्रहरी प्रमुख एसपी नरहरी रेग्मीबीच भेटवार्ता भएको छ । भेटमा नेता शिलाले मिटरव्याज पीडितका समस्या हल गर्न दबाब दिएकी छन् । भेटमा अरु पनि विभिन्न विषयमा छलफल गरेकी थिइन् ।
नेकपा मधेस प्रदेश कार्यालय सचिव पवन सीले दिएको जानकारी अनुसार मिटरब्याज समस्याको नयाँ शिराबाट अनुसन्धान गर्न प्रहरी तयार भएको छ । साथै, आपसी सहकार्य गर्ने सहमति पनि भएको उनको भनाई छ ।
भेट‌घाटमा नेकपाका नेताहरू पवन सी, विश्वजित सी, गौरी स्ी, नवल यादव, राजाराम सीलगायतको उपस्थिति थियो । भेटघाट र छलफल प्रहरी कार्यालयमा नै भएको हो । प्रहरी प्रमुख रेग्मी हालसालै धनुषा जिल्लाको नेतृत्व सम्हालन आएका हुन्।

प्रतिक्रियाहरु

[anycomment]