विद्यार्थीहरूलाई झोला, कापी र कलम वितरण

काठमाडौँ । अखिल (समाजवादी) चितवनले ६१औं विद्यार्थी दिवसको अवसरमा कालिका नगरपालिका–११, सैपामस्थित शुभ शान्ति राष्ट्रिय आधारभूत विद्यालयमा १०० जना विद्यार्थीहरूलाई झोला, कापी र कलम वितरण गर्दै भव्य कार्यक्रम सम्पन्न गरिएको जनाएको छ।
विकट र चेपाङ्गहरुको बस्तीमा रहेको उक्त स्कुलमा भएको कार्यक्रममा,कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज उत्सव सीले विद्यार्थीहरूलाई संगठन, संघर्ष र अध्ययनलाई एकसाथ अघि बढाउन प्रेरित गर्दै भने – “शिक्षा केवल अक्षर चिन्ने प्रक्रिया होइन, यो परिवर्तनको हतियार हो। आज तपाईंहरूलाई वितरण गरिएको झोला र कापी -कलम भोलिको आन्दोलनको शक्ति बन्नुपर्छ।”
यसैगरी, विद्यार्थी नेता अटल सीले सैपाङ्गको संघर्षकालीन ऐतिहासिक सम्बन्ध स्मरण गर्दै भने: “जब हाम्रो पार्टी प्रतिबन्धमा थियो, यही गाउँले हामीलाई काखमा राखेर संरक्षण गर्यो। आज हामी चेतनाको क्रान्तिको अभियान लिएर फर्किएका छौं।
नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य भरत सीले विद्यार्थी दिवसलाई आत्मसमीक्षा, प्रतिबद्धता र संगठन विस्तारको सन्दर्भमा लिन आग्रह गरे ।
उक्त कार्यक्रममा प्रधानाध्यापक झलक भट्टले विद्यालयमा प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै यस्तो अभियानले विद्यार्थीको मनोबल उच्च बनाएको बताए।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज उत्सव सी रहेका थिए भने विशिष्ट अतिथिहरूमा केन्द्रीय सदस्य द्वय दिनेश सी, सीसम सी, अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सी, प्रधानाध्यापक झलक भट्ट, केन्द्रीय प्रतिनिधि समिति सदस्य भरत सी, अशोक सी, युवा केन्द्रीय सदस्य सुमित सी, सन्तोष सी, जिल्ला सदस्यहरू लिला सी, गज ब.सी, रुद्र सी, राम ब.सी, युवा नेता अमृत सी , राजन सी, युवा व्यवसायी बादल थापा र कुमार थापा लगायतको उपस्थिति रहेको थियो ।
उक्त अध्यक्षता सुदीप सी, सञ्चालन महेश सी, र स्वागत मन्तव्य सौरभ सीले गरेका थिए ।
कार्यक्रम सफल बनाउन खुसी कन्सल्टेन्सीका सञ्चालक मनु भट्टराई, पार्टी शुभचिन्तक तथा व्यवसायी दिपेन्द्र चापागाईं र समीर मल्लले उल्लेखनीय सहयोग गरेका थिए ।
