कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्दै
काठमाडौ, २८ साउन । कोरियन भाषा परिक्षाका लागि आजदेखि आवेदन खुल्ने भएको छ ।काठमाडौ उपत्यकाका तीन र बाहिरका चार ठाउँबाट आवेदन भर्न सकिनेछ । रोजगार अनुमपति प्रणाली ईपीएस अन्तर्गत कोरिया जान अनिवार्य भाषा परीक्षा पास गर्नुपर्छ ।काठमाडौ उपत्यकामा सीतापाइला, कीर्तिपुर च्यासल र बाहिर पोखरा, धरान र बुटलमा फारम बुझाउन सकिने छ ।