बुटवल र तानसेनमा ‘जातीय मुक्ति र सी जातिको प्रश्न बिषयक’ अन्तरक्रिया सम्पन्न

काठमाडौँ । बुटवल र तानसेनमा समाजवादी मुक्ति मोर्चाद्धारा आयोजित जातीय मुक्ति र सी जातिको प्रश्न बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा नेकपाका स्थायी समिति सदस्य एवं पूर्व सांसद सन्तोष बुढा मगरले नेपालमा जातीय उत्पीडन र अन्तरविरोध रहेको बताउदै सी जाति एउटै मानव जाति बनाउने सचेतन प्रयास भएको बताए । उनले सी जाति र पहिचान अन्तरसम्बन्धित भएको बताउदै जातहरुको विभाजन शासकहरुले गरेको बताए । उनले सी जाति सबै समान जाति भएको बताउदै यसले समाजमा देखिएको जातिय अन्तरविरोधलाई समाधान गर्ने बताए ।
बुटवलमा आयोजित कार्यक्रममा नेकपा राजनीतिक समितिका सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बसन्त सीले नेपाल मिश्रित समाज भएकोले जाती र समुदायलाई न्युनीकरण गर्न नहुने बताउदै विविधिताको एकता देशको गौरव भएको बताए । वरिष्ठ साहित्यकार दिल साहनीले जातीय समस्या वर्गीय समस्याको अंश भएको बताउदै मानिसलाई एउटै जाति बनाउनुपर्ने बताए । उनले मानव जाति जातीय अहंकार र हिनताबोध दुवैबाट सचेत हुनुपर्ने बताए । बुटवलमा आयोजित कार्यक्रममा समाजवादी मधेशी मुक्ति मोर्चाका अध्यक्ष विनोद उपाध्याय, नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दलबहादुर विरकट्टा, मगर राष्टिय मुक्ति मोर्चाका उपमहासचिव मनोज राना, अधिवक्ता एवं लेखक ज्ञानु केसी, वामपन्थी नेता जीवलाल पन्थीले सी जातिले सबैलाई एउटै मालामा उन्नुपर्ने बताए ।
तानसेनमा भएको अन्तरक्रियामा नेकपा (माके)का राजेन्द्र विक, नेकपाका एकीकृत समाजवादीका अशोक शाही, नेकपा गुल्मी इन्चार्ज खोमा सी, नेकपा मालेका नेता दलबहादुर राना, नेशनल रिपब्लीक पार्टीका लालबहादुर दर्लामी, जनता समाजवादी पार्टीका कमलराज राजकोटी, राष्टिय जनमुक्ति पार्टीका होमबहादुर तरामु (थापा), राप्रपाका डोलबहादुर कुँवर, रास्वपाका रमेश न्यौपानेले बोलेका थिए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज संगम सी, केन्द्रीय सदस्य शरद सी, केन्द्रीय सदस्य एवं पाल्पा इन्चार्ज धिरज सी, अर्घाखाँची इन्चार्ज खेम सी, गुल्मी इन्चार्ज खोमा सी, रुपन्देही सेक्रेटरी विरेन्द्र सी, पाल्पा सेक्रेटरी मीन सी, मोर्चाका महासचिव दुर्गा सी, पार्टी केन्द्रीय सदस्य प्रताप,सहिद परिवार माया काउचा लगायतको समेत उपस्थिति थियो ।
अन्तरक्रियामा मोर्चाका संयोजक सुदर्शन सीले अवधारणापत्र प्रस्तुत गरेका थिए । मोर्चाका संयोजक इन्द्र सीको संचालन, स्वागत तानसेनमा मोर्चाका लुम्बिनी प्रदेश इन्चार्ज बेल सारु, बुटवलमा जिल्ला संयोजक मन्जु रानाले गरेका थिए । बुटवलमा कलाकार समीक्षा तरामु मगर र आर्जु बराल मगरले मगर संस्कृतिमा आधारित गीतमा नाच प्रस्तुत गरेकी थिइन् ।
मोर्चाले दाङ हुँदै रोल्पामा अन्तरक्रिया गर्ने मोर्चाका फ्याक्सन इन्चार्ज सन्तोस सीले बताएका छन् ।