पूर्व-पश्चिम राजमार्ग अवरुद्द

२०७१ श्रावण २९ गते, बिहीबार

काठमाडौं ,२९ साउन। गएरातिबाट पूर्व-पश्चिम राजमार्ग अवरुद्द भएको छ ।महोत्तरी र धनुषाको सीमानामा रहेको रातो खोलाको पूल भासिएपछि राजमार्ग अवरुद्द भएको हो ।लगातारको वर्षातका कारण गयराति १२ बजे पूल भासिएपपछि सयौं सवारीसाधन राजमार्गमा रोकिएका छन् । पक्की पूल भासिएपछि पूर्वबाट पश्चिम जाने सवारी साधन धनुषाको लालगढमा रोकिएका छन् । त्यसैगरी पश्चिमबाट पूर्व जाने सवारीसाधन महोत्तरीको बर्दिबासमा रोकिएका छन् ।
पूल भासिएपछि अलपत्र परेका सयौं सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउने बैकल्पिक बाटोको खोजी गर्न महोत्तरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्त र जिल्ला प्रहरी प्रमुख एसपी राजप्रसाद श्रेष्ठ पूल भासिएको रातो खोलामा पुगेका छन् ।
वैकल्पिक बाटो बनाउनका लागि विहानैबाट सडक डिभिजन कार्यालयका प्राविधिक र कर्मचारी घटनास्थलमा खटिइसकेका छन् । हजारौं यात्रु अलपत्र परेपछि वैकल्पिक मार्गका रुपमा जनकपुर-जलेश्वर-बर्दिवास सडकखण्ड सञ्चालन गरी यातायात सेवा सुरु गर्ने तयारी भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु