६ किलो गाँजासहित २ भारतीय पक्राउ

२०८२ जेष्ठ ६ गते, सोमबार


काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजा बरामद गरेको छ । दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाबाट १ किलो ५ सय ग्राम गाँजासहित भारतीय नागरिक २७ वर्षीय अरुण पलाथिङ्गल सोमन पक्राउ परेका हुन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त गाँजा बरामद भएको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको छ ।
यसैगरी विमानस्थलको पार्किङ एरियाबाट ४ किलो २ सय १५ ग्राम गाँजासहित अर्का भारतीय पनि पक्राउ परेका छन् । भारतीय नागरिक ३५ वर्षीया सुमैया मेहबुब शिखलाई प्रहरीले पक्राउ गरेको हो ।
थाई एयरवेजको उडानमार्फत बैंककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

व्यावसायिक सिस्नुखेती सुरु

२०८२ असार २५ गते, बुधबार

नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार