सहिद महानको शालिक अनावरण हुँदै

२०८२ जेष्ठ ९ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तिका सहिद गादिराम राना (महान)को शालिकसहितको स्मारक पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । नेकपा दाङका सचिव तिलक सीले स्मारक पार्कको काम साथै शालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउदै भने– ‘हामीले कामलाई अन्तिम चरणमा पुर्याएका छौँ । अबको २/४ दिनमा काम सकिने गरि निर्माण कार्यलाई तिव्रता दिएका छौं । पार्टीको तेस्रो आवधिक योजनाको पहिलो बैठकले शालिक सहितको स्मारक पार्क बनाउने निर्णय गरेको हो । यो कामप्रती जनताको सकारात्मक प्रतिक्रिया छ भने कतिपय स्थानीय जनताहरुले श्रमदान समेत गर्नुभएको छ । यो अभियानमा हामिलाइ सबैबाट सहयोग प्राप्त भएको छ।’
नेता तिलकले पार्टीका नेताकार्यकर्ताको श्रम , आर्थिक सहयोग , स्थानीय जनताको श्रमदान , विभिन्न शुभेच्छुक एवम शुभचिन्तकहरुको आर्थिक तथा भौतिक सहायताबाट स्मारक पार्कको निर्माण कार्य चलिरहेको र निर्माण कार्य सम्पन्न भएपछि कुल लागतको पनि जानकारी दिइने बताए ।
यस्तै स्मारक निर्माण कार्यको बारेमा प्रतिक्रिया दिँदै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविन सीले सहिद महानको उच्च सम्मान एवम सदा स्मरणका लागि स्मारक निर्माण गर्न लागिएको बताए ।
उनले भने– ‘सहिद महान एक निडर , सच्चा क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । उहाँ दलाल पुजीवादका विरुद्ध लड्दालड्दै सहादत हुनुभयो । यो स्मारक पार्क मात्रै होइन् , यो दलाल पुजीवादका विरुद्धको लडाइँ जारी रहेको चेतावनी हो । यो सहिद महानका सपना पच्छ्याइरहने प्रतिबद्धता पनि हो । हामी महानको सपना पूरा गर्न प्रतिबद्ध छौँ । नेकपा महान सहिदहरुका सपना पूरा गर्न एकीकृत क्रान्तिको यात्रामा छ । हाम्रो सपना समाजवाद हो ।’
नेता सविन सीले सहिद महानको शालिक अनावरण तथा स्मारकको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले गर्ने जानकारी समेत दिएका छन् ।
महासचिव विप्लव सीले जेठ १२ गते शालिक अनावरण तथा स्मारकको उद्घाटन सहित मध्यान्ह १२ बजे बबई गाउँपालिका -३ स्थित हंसपुरमा आयोजित बिशाल स्मृति सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । एकीकृत जनक्रान्तिका सहिद गादिराम राना (महान)को तत्कालीन केपी वली नेतृत्वको सरकारले नेकपामाथी लगाएको प्रतिबन्धको प्रतिरोध गर्ने क्रममा २०७६ जेठ १२ गते काठमाडौंमा सहादत भएको थियो ।–हेमन्तप्रकाश वली

प्रतिक्रियाहरु

[anycomment]