अमेरिकामा इजरायली कर्मचारीको हत्या

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको छ।
हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला छन्। उनिहरुलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरिएको बीबीसीले जनाएका छन्।
गोलीबारी स्थानीय समयअनुसार राति ९ बजे भएको थियो। घटनाको समयमा संग्रहालयमा धेरै इजरायली दूतावासका कर्मचारीहरू उपस्थित थिए।
संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले सो घटनालाई “यहूदी विरोधी आतंकवादको घृणित कार्य” भनेर वर्णन गरेका छन्। घटनापछि वासिङ्टन डीसीमा ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ। मुख्य सडकहरू बन्द गरिएका छन्।
इजरायली दूतावासका प्रवक्ताले संग्रहालयको कार्यक्रममा भाग लिने क्रममा दुई कर्मचारीलाई नजिकैबाट गोली हानेर हत्या गरिएको पुष्टि गरे।-एजेन्सी