सर्लाहीमा मिटरब्याज तथा लघुवित्त पीडितहरूको प्रथम जिल्ला भेला हुँदै

२०८२ जेष्ठ १० गते, शुक्रबार


काठमाडौं । मिटरव्याज तथा लघुवित्त पीडित संघर्ष समितिको प्रथम जिल्ला भेला सर्लाहीको बरहथवामा हुँदैछ। एकीकृत जनक्रान्तिको दृष्टिकोणमा आधारित सो भेलाले मिटरब्याज र लघुवित्तका नाममा भइरहेको आर्थिक शोषणविरुद्ध सशक्त जनआन्दोलनको आधार तयार गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमको आयोजनाकर्ता संघर्ष समितिका नेता शकुनि सीका अनुसार जिल्लाभरिका मिटरब्याज तथा लघुवित्तबाट पीडित समुदाय, श्रमिक, किसान, महिला तथा जनप्रगतिशील व्यक्तिहरूको सहभागीता रहनेछ। भेलामा नेपाल कम्युनिस्ट पार्टीको जिम्मेवार नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।त्यस्तै विभिन्न क्षेत्रका संघर्षशील नेताहरूले आर्थिक अन्यायको विरुद्धमा जागरुकता, संगठन र प्रतिरोध निर्माणका विषयमा धारणा राख्नेछन्।
मिटरब्याज पिडितलाइ न्याय दे !,लघुवित्त पिडितलाई न्याय दे !एकीकृत जनक्रान्ती जिन्दावाद जस्ता नारासहित आयोजना हुने यो भेला जिल्लास्तरमा पहिलो पटक हुन लागेको हो, जसले आगामी दिनमा राष्ट्रिय बहस र आन्दोलनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]