बसको ठक्करले कार चालकको मृत्यु

२०८२ जेष्ठ १० गते, शुक्रबार


काठमाडौं । चितवनको खैरहनी नगरपालिका-२ ज्यामिरेचोकस्थित बसले ठक्कर दिँदा कारका चालकको मृत्यु भएको छ । उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नं.को इभी कार गएराति १:०५ बजेको समयमा एकापसमा ठक्कर खाँदा कार चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी नगरपालिका-८ बस्ने ४२ वर्षीय प्रतिप तिमल्सिना रहेका छ्न् ।
दुर्घटनामा परि गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याइएकोमा अस्पतालले आज बिहान ३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । उनले दुवै सवारी र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]