नागढुंगा–नौबिसे सडक बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म बन्द

२०८२ जेष्ठ ११ गते, शनिबार


काठमाडौं । नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाका अनुसार नागढुंगा–नौबिसे सडकको पिप्लामोड खण्ड आजबाट १५ दिन बन्द हुने भएको छ । ओझाले उक्त खण्डमा सडक निर्माण गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको जानकारी दिए । सो सडक खण्ड जेठ २५ सम्म बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द हुने उनले बताए ।
उक्त अवधिभर सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । आयोजनाले साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक रुटका रुपमा सीतापाईला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक तोकिएको छ ।
उक्त अवधिमा सबै पुरानो कालोपत्र सडक भत्काइएको र अब सडक बन्द गरेर नयाँ कालोपत्र गरिने प्रमुख ओझाको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु