भारत पाकिस्तान युद्धले दिएको सन्देश

२०८२ जेष्ठ १२ गते, आईतवार
झपेन्द्रराज बैद्य

 

 पाकिस्तान भारतबाट टुक्रिएको एउटा देश हो । भारत करिब १ अर्ब ४४ करोड । चीन १ अर्ब ४२ करोड जनसंख्या भएको देश हो भने पाकिस्तान करिब २३ करोड जनसंख्या भ्एको देश हो । इस्लामबादीहरुले जम्मु कास्मिरलाई छुट्टै स्वतन्त्र देश बनाउन चाहन्छन् । तर भारतले दिएको छैन । यो भारतको हो तर बिबादित छ । हाल आएर भारत र पाकिस्तान बीच लडाईँ सुरु हुने अवस्था छ । क्षेप्यास्त्र चलेको छ । यसलाई भारतबाट सीन्दुरको नामकरण गरिएको छ ।

 जम्मु कास्मिरमा यही बैशाख २४ गते २०८२ मा आतंककारी भनिनेबाट २२ जना भारतीय पर्यटक मारिएका छन् । यसमा प्यूाठान सरुमारानी ५ बस्ने मनबहादुर बराल थ्रीजी आर समेत मारिएका छन् । यो दुःखद् कुरा हो । तर भारतले यसको सम्पूण दोष पाकिस्तानलाई दिएको छ । युद्धको घोषणा गरिसकेको छ भारतले । युद्ध भएमा चीनको आकर्षण हुन्छ । चीनको विरुद्ध अमेरिका तानिन्छ । यसले नेपाललाई पनि ठूलो असर पर्छ । जम्मु कास्मिरलाई चीनले आफ्नो नियन्त्रणको राज्य मानेको अवस्था छ ।

तर खुसीको कुरा डोलाल्ड ट्रम्पले भारत र पाकिस्तानको बीच मध्यस्थता गरी वार्ताको माध्यमबाट सिजफाएर गराएका छन् । अहिले युद्ध बिराम भएको अवस्था छ । डोनाल्ड जस्तो भए पनि अहिले उनले काम गरेर जस पाएका छन् । युद्ध भएमा हजारौं नेपालीहरुको रगत बग्ने थियो । अर्काको देशको लागि जीवन उत्कर्ष गर्नुपर्ने थियो । नेपालीहरु पहाडमा बस्ने र पहाडमा लड्नसक्ने हुनाले भारतले नेपालीलाई नै लड्न पठाउथ्यो । पाकिस्थनमा पनि केही संख्यामा नेपाली सेनाहरु छन् । १९४७ देखि कास्मीर भारत र पाकिस्तनमा बाडिएको हो यसमा केही भाग चीनको समेत छ । तर भारतले आफ्नो भू–भाग भनेर दाबी गरिरहेको छ । यसमा सधैँ कचिंगल रहँदै आएको छ । यसैले आतंकवादी भनिनेबाट जम्मू कास्मीर पहलगाममा लुगा छोडाउन भनी जाँच गरेर २२ जना पर्यटक गोली हानी मारिएका हुन । बैशाख २७ गते शनिबार राति युद्ध बिराम गर्ने सहमति भएकोले सबैको मनमा खुसीको वर्षा भएको छ । कुन देशका आतंकवादी भन्ने अझै खुलेको छैन । नेकपाले शान्ति कायम हुनुपर्छ भन्दै आतंकवादको विरोध गरेको छ । सबै शान्ति चाहने मनहरुले विरोध गरिरहेका छन् । नेपालको संसदमा पाक भारत युद्धको बारेमा बहस चलेको अवस्था हो । यसमा प्रम र भारतीय राजदूत भेट भएको मेडियामा सुन्न पाइन्छ । नेपालीले असंलग्न परराष्ट्रनीति अबलम्बन गर्दै आएको छ । नेपाल सार्क समेतको अध्यक्ष भएको छ अहिले । तर सार्क निष्कृय रहेको छ । अहिले युद्धको बिगबिगीले सबैको मनमा संत्रास छाएको छ । २६ गते राती त भारतले ड्रोनबाट हमला गरेको अवस्था हो । पाकिस्तानले हवाई गस्ती गरेको हो । बमबारी पनि चल्यो । युद्ध भएमा सेना सेना मात्र होइन, सेना बस्ती बस्तीमा जान्छ । अनाहकमा नागरिकको घर तलासगरी घरका सदस्यहरुलाई मारिदिन पनि सक्छ सेनाले । उसबेला सेनाको मुडको सवाल हुन्छ । जे पनि गर्न सक्छ । अफगानिस्तानमा पनि यस्तै गरिएको हो । बंगलादेशमा प्रम सेख हसिना भागेकी हुनाले धेरै रक्तपात हुन पाएन । अन्तर देशीय समर्थनले पनि ठूलो काम गर्छ । जब जब युद्ध हुन्छ हतियार बिकाउने काम हुन्छ । हतियार बिकाउनको लागी पनि लडाईको वातावरण बनाएका हुन्छन् । अहिले धेरै हतियार बेच्ने देशहरुमा अमेरिका र रुस छन् । चीनले पनि बेच्न सक्छ तर युद्ध उकास्ने हिसाबले बेचेको देखिदैन । कम्युनिष्टको हिंग बानेको टालो हुनाले माओको देश चीनले अन्यायमा अरुदेशको सार्वभौमिकता माहमला गर्ने काम गरेको छैन । यस्तै उत्तर कोरिया पनि आफ्नो राजनीतिमा अटल रहेको देखिन्छ ।

 भारत र पाकिस्तानको युद्ध बिराम क्षणिकमात्र हाईन स्थायीरुपमा युद्ध बन्द होस् । यसमा ठूला देशहरुले पहल गर्नुपर्छ । अरु न्याय प्रेमी जनताले ठूलो स्वरमा आवाज बुलन्द पार्नुपर्छ । सम्राज्यवाद विरुद्ध सबै एक जुट हनुपर्छ ।  नेताहरुको अदूरदर्शीता र दलाली कामले गर्दा नेपालमा एमसीसी लागू गरियो । तर डोनाल्ड ट्रम्पले एमसीसी खारेज त गरे । तर नेपालको सम्पदा र भूरणनीतिक हिसाबले नेपाल अमेरीको लागि महत्वपूण सामरिक क्षेत्र मानिने हुनाले नेपाल लगायत पाँच देशमा एमसीसी अझै रोकिएको छैन । अमेरिका नेपाललाई रण मैदान बलाएर चीनलाई ताकन चाहन्छ ।

 युद्ध विराम टुटेमा पाकिस्तान र भारतबीच झन ठूलो लडाई हुनेछ । पाकिस्तानले इरानसँग सहयोग मागेको छ । अब भारतमामात्र होइन अन्यत्र पनि आतंकवादी आक्रमण भएमा पाकिस्तानले गरेको बुझिने छ । बिन लादेन अफगानिस्तानबाट अमेरिका गएका हुन् । बंगलादेशबाट आइ एस आइएल पाकिस्तानमा आए । आइयसआई नेपालमा आउन सक्छ । यो अन्डर ग्राउण्ड बसेको हुनसक्छ । त्रीभूवन बिमान स्थलमा कडाइ गर्नुपर्छ । मुशलवानले नेपालाई प्रयोग गरिरहन्छ । नेपालमा एयरपोर्टमा त्यति कडाइ छैन । सुन तस्कर भइरहन्छ । आजसम्म समाचारमा आएका सुनको हिसाब किताब छैन । नेपालमा नेताहरुको रबैया देख्दा डर लाग्छ । कोही कसैको कोही कसैको पुच्छर बनेका हुन्छन् । जतातै असन्तोष छ । यसको फाइदा इतिहासले किनारा लगाएका पूर्व राजाले लिने जमर्को गरेका छन् । ठूला भनिने दलहरुले नै अप्रत्यक्षरुपमा राजा आउने वातावरण बनाएका छन् । यस्तो वातावरण नबनाउन सुशाशन चाहिन्छ । दैनिक चारपाँच सय युवाहरु अरु देशमा रगत चुहाउन गइरहन्छन् । अरबौं खरबौंको भ्रष्टाचार हुन्छ । सम्पत्ति सुद्धिकरण हँुदैन । ललिता निवास, टीस्टेट आदि ठाउँहरुमा नेताहरुको नाममा जग्गा दर्ता भएको छ । जताततै ठूला दलहरुको हैकम छ । गठबन्धनले गरे पछि जे पनि हुन्छ । बहुमतले गधालाई यो गाई हो भने पनि परित हुनसक्छ । संसद् गफाडिको थलो हो भनेर लेनिनले त्यसै भनेका होईनन् ।

नेता झलनाथ खनालले समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसको विकल्प वामपन्थी मोर्चा हुनुपर्छ भनेका छन् । यो पनि बहसको विषय हुनुपर्छ । अब वामपन्थी पार्टीहरुले समाजवादको यात्रामा जानुपर्छ । नेपाली विशेषताको समाजवाद । कम्युनिष्टले उत्पादनमा जोड दिनुर्पछ । मुख्यरुप त क्रान्ति हो । क्रान्ति नगरी बस्न कसैलाई छुट छैन । क्रान्तिले शान्ति ल्याउँछ । क्रान्ति बिना सबै कुरा भ्रान्ति हो । शामन्तबादको अबशेष र पूँजीवाद अनि साम्राज्यबाद विरुद्ध लड्नुपर्छ । त्यसको लागि कार्यक्रम हुनुपर्छ । पहिला सपना होस् त्यसपछि यसको सफलतामा लाग्नुपर्छ । यसरी मौन बस्ने हो भने अरु देशले आक्रमण गर्न सक्छन् । नेता त भित्र भित्र मिलेका हुन सक्छन् । सब भन्दा ठूलो राष्ट्रियता हो । यसको लागि देशभक्तले सहयोग गर्छन् । अब पनि चूप लागेमा भारत पाकिस्तानको बाछिटा नेपालमा पनि आउन सक्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु