बसवराजलगायतका नेताको हत्या निन्दनीय

काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले भारतीय कम्युनिस्ट पार्टी ( माओवादी ) का महासचिव कमरेड बसवराज लगायत २७ जना नेताको हत्या निन्दनीय भएको बताएको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्। यस बिषयमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ -‘भारतीय कम्युनिस्ट पार्टी ( माओवादी ) का महासचिव कमरेड बसवराज लगायत २७ जना नेता , कार्यकर्ताहरुको कथित ” अपरेसन कगार ” को निहुँमा यही २१ मे २०२५ ( ७ जेठ २०८२ ) का दिन भारतीय फासीवादी मोदी सरकारले कायरतापुर्ण र बर्बरतापूर्ण तरिकाले हत्या गरिएको समाचारले विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरु , साहित्यकार एवं सांस्कृतिकर्मीहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र आक्रोशित भएको छ र मोदी सरकारको यो फासीवादी कदमको तीव्र निन्दा र घोर भ्रत्सना गर्नुका साथै विश्वव्यापी रुपमा यसको व्यापक रुपमा भण्डाफोर गर्दछ । यस दु: खद क्षणमा हाम्रो संगठनले महान् सहिद महासचिव कमरेड वरवराज लगायतका २७ जना नेता , कार्यकर्ता प्रति भावपूरण श्रध्दान्जली अर्पण गर्दछ र भाकपा ( माओवादी ) को केन्द्रीय समिति , सम्पूर्ण पार्टी सदस्यहरु , जनमुक्ति छापामार सेना , भारतीय सर्वहारावर्ग तथा आम क्रान्तिकारी भारतीय जनता र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । साथै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा मार्क्सवाद – लेनिनवाद – माओवादको रक्षा , प्रयोग र विकासको प्रक्रियालाई भाकपा ( माओवादी ) ले निरन्तर अगाडि बढाइरहनेछ र हाम्रो संगठनको ऐक्यबद्धता जाहेर रहिरहनेछ भन्ने विश्वास दिलाउन चाहन्छौं ।’