कार्यपालिकाको बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र

२०८२ जेष्ठ १३ गते, सोमबार


काठमाडौँ । कम्तिमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न नसकेपछि काठमाडौं महानगरपालिकाका सदस्यहरूले कार्यपालिकाको बैठक जतिसक्दो छिटो राख्न माग गरेका छन् । उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका छन् । महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ ।

प्रतिक्रियाहरु

[anycomment]