‘सादा जीवन र कठोर संघर्षमा दृढ रहौँ र जनसमूहसँग घनिष्टसम्बन्ध कायम राखौंँ’
हाम्रो पार्टीले शुद्धिकरण आन्दोलनको ढोका खोल्न लागेको छ । यो पार्टीभित्र आलोचना र आत्म–आलोचना मार्फत् अन्तर्विरोधहरुलाई हल गर्ने तरिका हो र साथै पार्टी र जनता बीचका अन्तर्विरोधहरु हल गर्ने तरिका पनि हो । यसपटक यस आन्दोलनको निशाना नोकरशाही, संकीर्णतावाद र मनोगतवाद जस्ता तीनवटा खराब शैलीहरु हुनेछन् । हामीले शुद्धीकरणमार्फत् सादा जीवन र कठोर संघर्षको हाम्रो पार्टी परम्परालाई अघि बढाउने भगिरथ प्रयास गर्नैपर्छ । हामीले क्रान्तिमा विजय प्राप्त गरेदेखि यता हाम्रा कतिपय कामरेडहरुको क्रान्तिकारी संकल्प ओइलाउँदै आएको छ, तिनको क्रान्तिकारी उत्साह मर्दै आएको छ, दिलोज्यानले जनताको सेवा गर्ने तिनको भावनामा सुस्ती आइरहेको छ, र त्यसैगरी शत्रु विरूद्धको लडाईमा मुत्युलाई हाँक दिन तिनले प्रदर्शन गरेको भावनामा पनि सुस्ती आइरहेको छ, त्यसको साथसाथै उनीहरु पद र चर्चाका निमित्त थालेका छन्, आप्mनो लगाइ खवाइमा विशेष बन्न थालेका छन्, तलबको निमित्त होडबाजी गर्न र ख्याति तथा लाभको निमित्त हुरूक्क हुन थालेका छन्– यी सारा मनोवृत्तिहरु हुर्किरहेका छन् । गत वर्ष काडरहरुको स्तर वृद्धि गर्ने क्रममा कतिपय काडरहरु डाँको छाडेर रोए र तिनले अद्भूत गाईजात्रा देखाए रे भन्ने मैले सुनेको छु । मानिसहरुको दुईवटा आँखा छन्, छैनन् र ? ती आँखामा उर्लिएर आउने पानीलाई आँसुका धारा बग्न थाल्छन् । च्याङ काई–शेकविरोधी युद्धकालमा, अमेरिकी अतिक्रमणको प्रतिरोध गर्ने र कोरियालाई सहयोग गर्ने युद्धकालमा, कृषि सुधार र प्रति–क्रान्तिकारीहरुको दमनकालमा तिनले कहिल्यै एक थोपो आँसु पनि झारेनन् न त समाजवादको निर्माणकालमा नै तिनले आँसु झारे, तर तिनका निजी हितहरुमाथि असर पर्नासाथै तिनका आँखाबाट आँसुका नदी नै बग्नथाले । कसैले त तीन दिनसम्म खाना खानै मानेनन् रे भन्ने कुरा समेत पनि मैले सुनेको छु । म त के भन्छु भने कोही एकजनाले तीन दिनसम्म खान मानेन भने त्यो केही कुरा होइन, तर त्यो क्रम एक हप्तासम्म चल्यो भने चाहिँ बडो खतरनाक हुन्छ । छोटकरीमा भन्ने हो भने, ख्याति र पदको निम्ति प्रतिस्पर्धा गर्ने, तलब खान्की, लुगा र सोखसयल दाँजेर हेर्ने मनोवृत्ति पैदा भएको छ । आप्mना निजी हितहरुको निमित्त भोक हड्ताल गर्ने र आँसु झार्ने कुरालाई जनता बीचको एक प्रकारको अन्तर्विरोध मान्न सकिन्छ । लिन चुङ्ले राती सुइकुच्चा ठोक्ट भन्ने ओपेराको एउटा दृश्यको एक पंक्ति यस्तो छ ः “मुटु चिरा नपरी लोग्नेमानिसले सजिलै आँसु झार्दैन ।” हाम्रा केही कामरेडहरु लोग्ने मानिस छन् (सके स्वास्नी मानिस पनि होलान्) जसको बारेमा के भन्न सकिन्छ भने स्तर बृद्धिको कुरा नआइलागुञ्जेलसम्म उनीहरुले सजिलै आँसु झार्दैनन् । यस्तो व्यवहारलाई पनि सुधार्ने पर्छ, पर्दैन त ? सजिलै आँसु नझार्नु ठिक कुरा हो, तर मुटु चिरा पार्ने चाहीँ कहिले हो नि ? त्यो बेला जब मजदुर वर्ग र श्रमिक जनसमूहको भाग्य खतरामा पर्छ । त्यस्तो बेलामा मानिसले केही थोपा आँसु झारे हुन्छ । तपार्ईंलाई जस्तोसुकै दर्जा दिइए पनि र तपार्ईंको स्तर निर्धारण गराइ गलतै भए पनि तपार्ईंले त्यो दर्जा स्वीकार गर्नैपर्छ र तपार्ईंले आप्mना आँसुलाई झर्नै नदिई भित्रै राख्नुपर्छ । यस संसारमा पक्षपातपूर्ण कुरा धेरै छन् र तपार्ईंको स्तर निर्धारण अनुचित भएको पनि हुन सक्छ, तर त्यसो भएछ नै भने पनि त्यसबारेमा हल्लाखल्ला मच्चाउनु पर्ने कुनै कारण छैन किनभने त्यसो गर्नु बेकार छ र पेटभरि खान पाउन्जेलसम्म तपार्ईंले चित्त बुझाएर बस्नुपर्छ । जे भए पनि हाम्रो पार्टी एक क्रान्तिकारी पार्टी हो, त्यसकारण कसैलाई पनि भोकै मर्न नदिने कुरालाई हामीले आफ्नो सिद्धान्तको रूमपा अँगाल्नु पर्दछ । भोकले नमरून्जेलसम्म जो कोहीले पनि क्रान्तिकारी काम गर्नुपर्दछ र दत्तचित्त भएर गर्नुपर्दछ । आजभन्दा दश हजार वर्षपछि पनि मानिसहरुले मिहेनत साथ काम गर्ने पर्छ । कम्युनिष्टले त आधा चित्तले वा दुई तिहाई चित्तले नभई पूरापूर दत्तचित्त भई मिहिनेत साथ काम गरेर जनताको सेवा गर्नु पर्दछ । जसको क्रान्तिकारी संकल्प ओइलाउँदै गएको छ र उनीहरुको भावनालाई शुद्धिकरणद्वारा पुनर्जीवित तुल्याउनै पर्छ ।
हामीले क्रान्तिकारी युद्धहरुका वर्षहरुमा देखाएको जस्तै तागत, त्यस्तै किसिमको क्रान्तिकारी उत्साह र मृत्युलाई हाँक दिने त्यस्तै किसिमको भावना कायम राख्नुपर्छ र क्रान्तिकारी काम आखिरीसम्म चलाउनु पर्छ । मुत्युलाई हाँक दिने भनेको के हो ? जल किनारा भन्ने उपन्यासमा मृत्युलाई हाँक दिने साइँलो भाइ शी स्यु भन्ने एउटा मात्र छ, यहाँ हामीले ठ्याक्कै उसैको सस्तो भावनालाई मनमा राखेका छौं । हामीले यही भावनाको सहाराले विगत कालमा क्रान्ति गर्न सकेका हौं । मानिसले एक बारको जुनी मात्र पाउँछ र यस जुनीमा ऊ त्यस्तै साठी, सत्तरी, असी वा नब्बे वर्षसम्म बाँच्नसक्छ, यो कुरा हेरीहेरी हुन्छ । आपूmले सकुन्जेलसम्म तपार्ईंंले केही न केही काम गर्नुपर्छ । अनि तपार्ईंले यो काम उत्साह र मृत्युलाई हाँक दिने भावनासाथ गर्नुपर्दछ । केही कामरेडहरुमा यस्तो उत्साह र भावनाको कमी हुँदै गएको छ र उनीहरुले प्रगति गर्न छाडेका छन् । यो स्वस्थ किसिमको घटना–प्रवाह होइन, त्यसकारण उनीहरुमाझ शिक्षा दिने कार्य संचालन गर्नुपर्दछ ।

सिङ्गो पार्टीले राजनीतिक र विचाराधारात्मक कामलाई सुदृढ तुल्याउनु पर्दछ । आजको सम्मेलनमा उपस्थित थुप्रै कामरेडहरु सेनामा कार्यरत हुनुहुन्छ । हैन, सेना फाँटको स्थिति के कस्तो छ नि ? के शान्ति कालको राजनीतिक काम र युद्ध कालको राजनीतिक कामको बीचमा केही न केही भिन्नता छैन र ? युद्धकालमा जनसमूहरुसँग घनिष्टसम्बन्ध राख्नैपर्छ, अफिसरहरुले जवानहरुसँग र सेनाले चाहीँ जनतासँग एकीकृत हुनैपर्छ । यस्ता बखतमा हामीमा केही कमजोरीहरु भएपनि जनताले हामीलाई माफी दिन्छन् । अहिले त शान्तिकाल हो, अहिले हामीले युद्ध लड्नु परेको छैन र हामीले गर्नुपर्ने जम्मा कामै तालीमा लिनु नै हो, जनसमूहहरुसँग घनिष्टसम्बन्ध कायम राख्ने कुरामा हामी दृढता साथ लागि परेनौँ भने हाम्रा कमजोरीहरुलाई माफी दिन उनीहरुलाई स्वभावतः गाह्रो पर्नेछ । सैनिक दर्जाहरुको प्रणाली २ र अन्य प्रणालीहरुको निर्माण गरिएको भए तापनि उच्च दर्जाको सैनिकहरुले आप्mनो मातहतमा रहेको सैनिकहरुसँग र काडरहरुको सिपाहीहरुसँग नङ्मासु सरह एक हुनैपर्छ, अनि मातहतका सैनिकहरुलाई उपल्ला दर्जाका सैनिकहरुको आलोचना गर्न र सिपाहीहरुलाई काडहरुको आलोचना गर्न दिइरहनु पर्छ । उदाहरणको लागि, आलोचना गर्ने अवसर प्रदान गर्न पार्टी सम्मेलनको आयोजना गर्न सकिन्छ । “तीन खराबीहरु” विरूद्धको आन्दोलनताका कामरेड चेन ईले यो कुरा एकदम सही ढङ्गले यसरी भन्नुभएको थियो, “यतिका वर्ष हामीले आदेश जारी गर्दा ठीकै भयो, अब हाम्रो मातहतका सैनिकहरुलाई केही समयसम्म, भनौ न, एक हत्पासम्म हाम्रो आलोचना गर्न दिनु ठीक नहोला र ?” यसो गर्नु ठीक हो भन्ने उहाँको आशय थियो । उहाँसँग मेरो सहमति छ, हाम्रो मातहतमा रहेका मानिसहरुले एक हप्तासम्म हाम्रो आलोचना गरून् । यस्ता आलोचना सुरू हुनुभन्दा अघि केही तयारी गर्नोस्, त्यसपछि कुनै न कुनै प्रकारको प्रतिवेदन प्रस्तुत गर्नोस् र तपार्ईंका आप्mनै कमजोरीहरुबारे यसो केही कुरा भन्नेस्, त्यसमा सम्भवत एक, दुई तीन वा चार बुँदाभन्दा बढी हुने छैनन् । त्यसपछि कामरेडहरुलाई बोल्न, केही बुँदा थपथाप गर्न र आलोचना गर्न दिनोस् । जनसमूहहरुमा निष्पक्ष भावना हुन्छ, उनीहरुले हाम्रो अभिलेखलाई उपेक्षा गर्ने छैनन् । कम्पनी र प्लाटुन कमाण्डरहरुले पनि आपूm मातहतका सैनिक जवानहरुलाई आलोचनाहरु गर्न दिनुपर्छ, र वर्षको एक पटक निकै दिनसम्म लगातार चल्ने गरी आलोचना बैठकहरुको आयोजना गर्नु सबभन्दा राम्रो हुनेछ । विगतमा हामीले सेनामा यसप्रकारको जनवादको अभ्यास गरेका थियौं र त्यसबाट सुपरिणामहरु निस्केका थिए । सैनिक दर्जाहरुको प्रणाली र अन्य प्रणालीहरु अँगाल्नाको परिणामस्वरुप माथिल्ला र तल्लातहबीचका, अफिसरहरु र जवानहरुबीचका, सेना र जनताबीचका तथा सैन्य शक्तिहरु र स्थानीय अधिकारीहरु बीचका घनिष्ट सम्बन्धहरुमा क्षति पुग्न नदिनोस् । के कुरा भनिरहनु नपार्ला भने माथिल्ला तहहरुले तल्ला तहहरुसँग घनिष्टसम्बन्ध कायम राख्नुपर्दछ र यो सम्बन्ध कामरेडी खालको हुनुपर्छ । काडरहरुले सिपाहीहरुसँग घनिष्टसम्बन्धको विकास गरी उनीहरुसँग एकीकृत हुनुपर्छ । त्यसैगरी सशस्त्र सेनाहरुले जनतासँग र स्थानीय पार्टी र सरकारी संगठनहरुसँग घनिष्टसम्बन्ध कायम राख्नुपर्दछ ।
हाम्रा कामरेडहरुले यस कुरालाई मनमा राख्नुपर्छ ः आप्mनो कार्यालयको शक्ति, आप्mनो उच्च दर्जा वा वरिष्टताको सहाराले गुजारा चलाउने नगर्नोस् । वरिष्ठताको सन्दर्भमा, हामी निर्क वर्षदेखि काम गर्दै आएका छौँ, र हाम्रो यस अभिलेखनको महत्व त रहन्छ नै, तैपनि हामीले यसैको सहाराले गुजारा चलाउने गर्नु भने हुँदैन । के कुरा साँचो हो भने तपार्ईंहरु अनेकौं दशकदेखि काम गरिआउनु भएका जङ्गी कार्यकर्ताहरु हुनुहुन्छ । यो सब हुँदाहुँदै पनि तपार्ईंहरुले कुनै उल्लू काम वा वाहियात कुरा गर्नुभयो भने जनताले माफी दिने छैनन् । विगतमा तपार्ईंंले जतिसुकै सुकर्महरु गरेका भएपनि तपार्ईंको पद जतिसुकै उपल्लो भएपनि आज तपार्ईं राम्ररी काम गरिरहनु भएको छैन, सही ढङ्गले समस्याहरुको हल गरिरहनु भएको छैन र यसप्रकार जनहितलाई नोक्सान पु¥याइरहनु भएको छ भने जनताले तपार्ईंलाई माफी दिने छैनन् । त्यसकारण हाम्रा कामरेडहरुले आप्mनो वरिष्ठता माथि नभई सही ढङ्गले समस्याहरु हल गर्ने आप्mनो क्षमता माथि भर पर्नु पर्दछ । यहाँनिर महत्वपूर्ण कुरा वरिष्ठता नभएर सहीपना नै हो । आप्mनो वरिष्ठता माथि निर्भर रहन नसक्ने भएकोले यसबारे तपार्ईंले बिर्सिदिए पनि हुन्छ मानौं तपार्ईं कहिल्यै अफिसर हुनुभएकै छाड्नै पर्छ, आप्mनो धाक–रवाफलाई एकातिर पन्छाएर तपार्ईंले जनताको बीचमा तथा तपार्ईंका सहायकहरुको बीचमा जानैपर्छ । यो हाम्रा काडरहरुले र खास गरेर हाम्रा पाका काडरहरुले मनमा राख्नैपर्ने कुरा हो । साधारणतया नयाँ काडरहरु माथि नयाँ काडरहरुसँग समान हैसियतबाट व्यवहार गर्नुपर्छ । पाका काडरहरु निकै कुरामा नयाँ काडरहरु जति असल हुँदैनन्, त्यसयकारण तिनले उनीहरुबाट सिक्नु पर्दछ ।
टिपोटहरु
१. लिन चुङ्ले राती सुइकुच्चा ठोक्ट भन्ने दृश्य मिङ राजवंशको पालामा रचिएको तरबारको कथा भन्ने कुन चु ओपेराको हो । कुन चु ओपेराको थालनी क्याङ्सुको कुनशानमा भएको हो ।
२. सैनिक दर्जा प्रणाली १९५५ को सेप्टेम्बर महिनामा लागु गरिएको थियो र १९६५ मा यसलाई उन्मूलन गरियो ।
– हस्तबहादुर केसीद्वारा प्रकाशित पुस्तक ‘माओ त्सेतुङका प्रमुख लेखहरु’ बाट