नयाँ आर्थिक मार्गमा नेकपा
नेकपा नेपाली जनताको सम्पुर्ण मुक्ति र स्वतन्त्रताको निम्ति दलाल पूँजीवादी संसदी व्यवस्थालाई अन्त्या गर्दै नेपाली विशेषताको समादवाद–वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको मौलिक बिचार सहित निरन्तर क्रान्तिमा छ । नेकपाले नेपालमा दोस्रो संविधानसभाबाट संविधान घोषणा हुनु पुर्व नै यो संविधानसभाबाट जनसंविधान निर्माण हुन सम्भव छैन भनि जनतान्त्रिक संविधानको मस्यौदा प्रस्तुत गर्दै जनतान्त्रिक व्यवस्थाको स्थापनार्थ संघर्षको बाटोमा अघि बढेका थिए । आज नेकपाले ११ वर्षदेखि निरन्तर संघर्षको मोर्चा सम्हाल्दै आफ्नो नविन विचार र बहुआयामिक दृष्टिकोणहरु विकास गरी जनताको माझमा प्रयोग गरिरहेका छन् । नेकपाले विशेषगरी विचार, राजनीति, अर्थनीति, संस्कृति र उत्पादन नीतिसम्बन्धी जुन दृष्टिकोण प्रवाह गरेको छ यसले नेपाली राजनीतिक वृत्तमा तरङग पैदा गरेको छ । देश आज पश्चगामी, यथास्थितिवादी र अग्रगामी धारामा विभक्त भएको स्थितिमा छ । कुन धार सही हो भन्नेमा जनता अन्योल परेको छ । जनता स्वभाविक रुपमा अग्रगामी धार नै चाहन्छ तर जनतालाई विभिन्न ढङगले भ्रम सृर्जना गरेको कारण जनताको दिमाग दिग्भ्रमित बनाएको छ । नेपाली समाजमा जुन स्तरको बहस सृर्जना भएको छ यसले पक्कै पनि अग्रगमनको बाटो समात्ने छ र ढिलो चाडो सबै प्रकारको पश्चगामी, यथास्थितिवादी धारलाई परास्त गर्दै अग्रगमनको दिशामा अघि बढि नेपाली विशेषताको समाजवादको स्थापना हुनेछ ।
नेकपाले २०७९ असोजमा सम्पन्न पार्टीको ९ औं महाधिवेसनबाट वैचारिक संश्लेषण गर्दै अर्थ राजनीतिक सम्वन्धमा एकृकित स्वामित्व प्रणालीको जुन विषय अघि बढायो यो विषयले आज नेपाजली राजनीतिक जगतमा नयाँ ढङगको वहस सुरु भएको छ । आखिरिमा एकीकृत स्वामित्वको मुल सारत्व के हो त ! यसको बारेमा यो आलेखमा विशेष चर्चा गरिनेछ । हरेक समाजको गति र दिशा उक्त समाजको उत्पादन संम्वन्धले निर्धारण गर्दछ । जुन समाजमा उत्पादक शक्तिको हातमा उत्पादनका साधनको स्वामित्व र प्राप्त प्रतिफलको सुनिश्चितता हुँदैन त्यहाँ परिणामको पनि सुनिश्चितता हँुदैन त्यसकारण आजको पूँजीवादी र समाजवादी दुवै कित्तामा भयङकर संकट उत्पन्न भएको हो । विगतमा समाजवादी सत्तामा जुन संकट आयो त्यसको मुलकारण उत्पादन सम्वन्ध र अर्थराजनीतिक अन्तरविरोधको सही समाधान दिन नसक्नु नै हो । आज जसरी समाजवादी सत्ताप्रति आम मानिसहरुको विश्वसनियता गुमेको छ त्यसको मुल कारण विगतमा समाजवादी सत्ताले प्रयोेग गरेको अव्यवहारिक सामुहिक स्वामित्व प्रणालीकै कारण हो । पूँजीवादी अर्थप्रणाली सामुहिक श्रम र नीजि स्वामित्व भएको कारण फस्टाउने त कुरै नगरौ यसको अन्त्य अवस्यभावी छ । आजको विश्वमा पूँजीवादीहरुले अघि सारेको नीजि स्वामित्वले समाजमा दर्दनाक विभेदकोे खाडल सिर्जना गरेको छ । संसारभरका सम्पुर्ण मानव समुदायले श्रम गरेर आर्जित गरेको मुनफा एक प्रतिशत पूँजीपतिले कब्जा गरेको छ । त्यसकारण पूँजीबाद बहुसंख्यक श्रमिकहरुको श्रम शोषण गर्ने शोषणकारी व्यवस्था हो । समाजवादीहरुले गरेको सामुहिक उत्पादनबाट व्यक्तिको नीजि मन प्रसन्नता भएन । त्यसकारण सामुहिक उत्पादन प्रणालीले असफलता ब्यवहोर्नु परेको हो । आज हामीले यी दुबै प्रणालीको असफलताको गहिरो मनन् गरी एकृकीत स्वामित्व प्रणाली आविष्कार गरेका छाँै ।
एकीकृत स्वामित्व भनेको व्यक्तिगत निजी क्षमता, सृर्जना, चाहना र आवश्यकतालाई परिपुर्ति गर्दै, सारा मानव समाजलाई समानता, स्वतन्त्रता, समृद्धिमा, आधारित सामुहिक स्वामित्वतिर लैजाने प्रणाली हो । (नेकपा नवौं महाधिवेशन राजनीतिक प्रतिवेदन पृ.न.८९) आजको दुनियाँले चरम स्वतन्त्रता चाहन्छन् । तर, आजको राजनीतिक प्रणालीले त्यसलाई कैद गर्ने दुस्साहस गरिरहेका छन् । जसको परिणाम चरम संकट, विद्रोह, अन्तरध्वंस र अमानवीय त्रूmरताको घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । हरेक मानिसको स्वतन्त्रता उसको आत्मनिर्भताले निर्धारण गर्दछ, जुन मानिस आत्मनिर्भर छैन उ सम्पुर्ण हिसाबले पराधीन भई स्वतन्त्रता गुमाएको हुन्छ । आत्मनिभरताको एक मात्र विकल्प उत्पादन हो । जसको उत्पादन छैन उसले स्वाभिमान गुमाएर लाचारीपुर्ण मगन्ते जीवन जिउन बाध्य हुनेछ । आदिम कालमा होस् वा साम्यवादी कालमा होस् उत्पादन विनाको संसार कल्पनाहीन हुन्छ । जसले उत्पादन विना बाच्ने कल्पना गर्दछ कि उ परजिवी हुनुपर्छ कि त मर्न विवस हुन्छ । हामीले यिनै अन्तरवस्तुलाई केन्द्रमा राखेर एकीकृत स्वामित्व प्रणालीको विकास गरी आजको दुनियाँलाई नयाँ मानव सभ्यता र नयाँ जीवन पद्धतीमा बदल्ने कोशिस गरेका छौं ।
एकीकृत स्वामित्व प्रणाली अन्तर्गत हामीले विगत ३ वर्षदेखि नेपालमा अभ्यास गरिरहेका छांै । सुरुवाती चरणमा कम्युनिस्ट पार्टीले भन्दै आएको परम्परागत ढङगको सामुहिक उत्पादन नै गर्दै आयो । तर, उत्पादनले आकार लिन थालेपछि कैयौं जटिलताहरु आउन थाले ती तमाम समस्यालाई हल गर्न एकीकृत स्वामित्वको अवधारणा विकसित भएको हो । आज हामीले देशभर ५०० विगाहा भन्दा धेरै क्षेत्रफलमा उत्पादन कार्य गरिरहेका छौ । निश्चित उत्पादन केन्द्र वाहेक अधिकांश ठाउँमा एकीकृत स्वामित्व लागु गरेका छौ । निश्चित उत्पादन केन्द्रहरुमा पार्टीको संस्थागत १०० प्रतिशत स्वामित्वमा सञ्चालन भइरहेको हुँदा उक्त उत्पादन केन्द्रमा काममा गतिशीलता र परिणाम कम भएको छ । त्यो वाहेक अधिकांश उत्पादन केन्द्रमा एकीकृत स्वामित्व अन्तर्गत काम भइरहेको हँुदा त्यहाँ गति र परिणाम दुवै तिव्रतामा अघि बढिरहेको छ । अर्को जहाँ केही साथीहरुले नितान्त व्यक्तिगत तवरले गरिरहेको छ त्यहाँ पनि टाट पल्टदै गएको स्थिति छ । यो समग्र पक्षलाई दृष्टिगत गर्दा हामी निर्धक्क भन्न सक्छौ की अब सामुहिक र निजी दुवै उत्पादन प्रणाली असफल पुष्टि भएको छ र एकीकृत स्वामित्वको स्वीकार्यता बढेको छ ।
“हामीले अनुसरण गरेको उत्पादन कार्य केवल पार्टीलाई आत्मनिर्भर गराउनेसँग मात्र पनि सम्बन्धित छैन यसको दिर्घकालिनसम्बन्ध पुरानो आर्थिक आधारलाई भत्काउने, समाजवादी प्रकारको आर्थिकसम्बन्ध निर्माण गर्ने, आम मानिसलाई श्रमबाट समृद्धि ल्याउन सकिन्छ र एक दिन देशलाई नै आत्मनिर्भर र समृद्ध बनाउन सकिन्छ भन्ने बिचारसँग छ ।” (नबौं के.स छैठौ पूर्ण बैठकमा पारित राजनैतिक प्रतिबेदनबाट) हामीले उत्पादन कार्य सुरु गरेपछि धेरै तिरबाट धेरै प्रकारको टिका टिप्पनी सूरु भयो । अधिकांशले यसलाई राजनीतिक रोमान्सको रुपमा मात्र लिएका थिए । तर आज ३ वर्षको अन्तरालमा यसले पुरै देशलाई लपेट्ने स्थितिमा पुगेको छ । आज जहाँ नेकपा त्यहाँ उत्पादन र जहाँ उत्पादन त्यहाँ नेकपामय भएको छ । नेकपा र उत्पादन आज पर्यावाची शब्द जस्तो भएको छ । नेकपाले अघि बढाएको उत्पादन नीतिले नेपालमा मात्र होइन कि विश्वभर हलचल पैदा गरेको छ । त्यसको पछिल्लो उदाहरण अमेरिकी प्राध्यापक एज।म्।न्ब्च्च्थ् म्। द्यच्ग्त्इल् ले नेकपाको उत्पादन र एकीकृत स्वामित्व बारे अनुसन्धान गर्न आएको तथ्यले पनि पुष्टि हुन्छ । आजभोली नेपालमा केही पनि हुन्न भनि आम जनतालाई श्रम गर्नबाट विमुख बनाई विदेशीनु बाध्य बनाएको छ । यी लाचार शासकीय हर्कतको विरुद्ध नेकपाले कृषि कार्य मार्फत आत्मनिर्भरताको उत्पादन नीति ल्याएको हो । नेकपाको उत्पादन अभियानले लाखौको संख्यामा बिदेसिन तयार भएको युवाहरु एकपटक नेपालमा नै केही गर्न सकिन्छ कि भनी सोच्ने तहमा पुगेका छन् । नेकपामा आवद्ध हजारौं युवाहरु देशको कुना–कन्दराको बाझो जमिन जोतेर कृषि कर्ममा मन प्रसन्नता सहित रमाईरहेका छन् । आज नेपालमा लाखौ मानिसहरु निरासतापूर्ण जीवन बिताइरहेका छन् तर, नेकपामा आवद्ध हजारौं युवा–युवतिहरु कृषि कर्ममा अभ्यस्त भई रोमाञ्चकारी सामुहिक जीवन बिताइरहेका छन् ।
आज मानिसहरु आपूm एक्लै र एकै रातमा करोडौं कमाउने मनोकल्पित सपना बोकेर विक्षिप्त अवस्थामा भौतारिरहेका छन् । श्रम गर्ने, थोरै आर्जन गर्ने र सुन्दर .जीवन बिताउने उद्देश्यबाट बञ्चित भएर सपनाको महलमा डौदिएर निरासतापूर्ण जीवन बिताइरहेका छन् । यो सब नेपालको लाचार नालायक सत्ताको कारण आम नेपालीले अकालमा नै मरुतुल्य जीवन जीउन विवश छन् । यसको एकमात्र सही विकल्प भनेको नेकपाले अघि सारेको एकीकृत स्वामित्व, सामुहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्वको आत्मनिर्भर उत्पादन नीतिमा आवद्ध भई देशलाई आत्मनिर्भरता र समृद्धितिर अघि बढाउने बाटोमा लाग्नु नै समग्रमा देश र जनताको कल्याण हुनेछ । अन्यथा यो देशका जनताले वर्षौसम्म दुःख पाइरहनेछ ।
अन्तमा पुर्वाहग्रह र बिना हिचकिचाहट नै नेकपाले दृष्टिगत गरेको उत्पादन अभियानमा लामवद्ध भएर आत्मनिर्भरता सहितको स्वाधिनता र स्वाधिनता सहितको समृद्धिको यात्रामा निर्विकल्प अघि बढ्नु आजको नेपालको सही र वस्तुवादी समाधान हो । नेकपाले आजसम्म आफ्नो पंक्तिलाई उत्पादन प्रक्रियामा समाहित गराएर जुनस्तरमा आफ्नो आन्तरिक पंक्तिलाई आत्मनिर्भर बनाएको छ । त्यसै गरेर आम नेपाली जनतालाई पनि उत्पादन कार्यमा सहभागी बनाई सुन्दर भविष्य निर्माण हुने संकल्पसहितको एकीकृत स्वामित्व, सामुहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्वको कार्यविधि निर्माण गरी देशव्यापी रुपमा आर्थिक मोर्चाबाट राजनीतिक कमाण्ड गर्नुपर्ने आजको एैतिहासिक अभिभारालाई पुरा गर्नुपर्दछ ।
(लेखक ः नेकपाका केन्द्रीय सदस्य हुन् ।)