दोरम्बा हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न माग
काठमाडौं, ३१ साउन । २०६० साल श्रावण ३१ गते अर्थात् आजकै दिन दोरम्बामा भएको हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न एक कार्यक्रमका वक्ताहरुले माग गरेका छन् । दोरम्बा हत्याकाण्डको ११ वर्ष पूरा भएको दिनको सम्झनामा नेवाः राज्य समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले दोरम्बा हत्याको छानबिन नहुनु दुःखद भएको भन्दै घटनाको तत्काल छानबिन गर्न माग गरे ।अन्य घटनाको तत्कालै छानबिन हुने गरेपनि दोरम्बा हत्याको लामो समयसम्म पनि छानबिनमा कसैले पहल नगरेको वक्ताहरुको गुनासो छ ।
२०६० साल श्रावण ३१ गते अर्थात् आजकै दिन तत्कालीन विद्रोही पार्टीका २१ जना कार्यकर्ताको रामेछापको दोरम्बामा पार्टीको आन्तरिक बैठक चलिरहेका बेला नेपाली सेनाले हत्या गरेको थियो ।