१२ किलो चाँदीसहित एक जना पक्राउ

२०८२ जेष्ठ १४ गते, मंगलवार


काठमाडौं । प्रहरी प्रभाग नागढुंगाको टोलीले १२ किलोभन्दा बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। टोलीले बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक बाराको कलैया घर भएका ३२ वर्षीय अनिश कुमार सिंहलाई सोमबार राति पौने १० बजेतिर नागढुंगाबाट पक्राउ गरिएको जनाएको छ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसलाई जाँच गर्ने क्रममा १२ किलो १७६ ग्राम अवैध चाँदी बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठटमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए। बिल बिजक बिनाका चाँदीका गरगहना सहचालकले काठमाडौं ल्याएको खुलेको प्रहरीको भनाइ छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १७.४४ अंकले बढ्यो

२०८२ जेष्ठ १५ गते, बुधबार

ट्रेड टावरको आईपीओ खुल्यो !

२०८२ जेष्ठ १५ गते, बुधबार

नेप्से ०.८५ अंकले बढ्यो

२०८२ जेष्ठ १४ गते, मंगलवार