यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा

२०८२ जेष्ठ १४ गते, मंगलवार

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले ७ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ समेत बनाएका छन् ।
उनीहरूले सार्वजनिक यातायात क्षेत्रको १३ खर्ब लगानी जोखिममा परेको र १५ लाखलाई प्रत्यक्ष रोजगारी दिएको यो क्षेत्रमा विस्थापित हुने अवस्था आएको बताए ।
सबै मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, जेठ १४ मा मुख्यमन्त्रीलाई मागपत्र दिने, १८ गते कालो झन्डासहित देशभर विरोध गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । सवारी साधन घरग्यारेजमा थन्क्याएर १९ गतेदेखि देशभर अनिश्चितकालीन बन्दको घोषणा पनि व्यवसायीले गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]