राष्ट्रिय महिला सम्मेलन भदौ ४ देखि

२०७१ भाद्र १ गते, आईतवार

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय चौथो महिला सम्मेलनको बीसौँ वर्षाँठको उपलक्ष्यमा नेपालमा आगामी भदौ ४, ५ र ६ गते ‘राष्ट्रिय महिला सम्मेलन’ हुने भएको छ । ‘मानवताका लागि महिला सशक्तीकरणः व्यवहारमा उतारौँ’ भन्ने नाराका साथ सन् २०१५ को मार्च ९ देखि २० सम्म संयुक्त राष्ट्रसंघ महिला अधिकारसम्बन्धी समितिको ५९ औँ बैठकमा बेइजिङ सम्मेलनको २० वर्षसिंहवालोकन हुन लागेको हुनाले नेपालको महिलाका अवस्थाबारे प्रतिवेदन तयार पार्न सो सम्मेलन हुन लागेको हो । सो सम्मेलनमा बेइजिङ सम्मेलनले तय गरेका महिलाका सरोकारका १२ वटा सवाल रहेका छन् । त्यसमा नेपालले दुइ सवाल थप गरेको छ । ती सवालमा महिला तथा गरिबी, महिला शिक्षा तथा तालिम, महिला स्वास्थ्य, महिलाविरुद्ध हिंसा, महिला तथा सशस्त्र सर्घष्ा महिला तथा अर्थतन्त्र, शक्ति संरचना र निर्ण्र्ाातहमा महिला, महिला विकासको निम्ति संस्थागत संयन्त्र, मानव अधिकार, महिला र सञ्चारमाध्यम, महिला तथा वातावरण र बालिका रहेको छ । त्यसमा नेपालले थप गरेको दर्ुइ सवाल लैङगिक पहिचान र कुरीतिजन्य हिंसा रहेका छन् । बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालका संयोजक बन्दना राणाले सम्मेलनले बेइजिङ कार्ययोजनाका १२ वटा सरोकारका सवाल, जल्दाबल्दा सवालहरुमा समानान्तर र समूहगत छलफल गरी हालसम्म महिला अधिकारसम्बन्धी उपलब्धि, अन्तराल, चुनौतीको समीक्षा गर्दै आगामी ५ वर्षा लागि ठोस सुझाव लिने बताए । सम्मेलनमा नेपालका ७५ जिल्लाका करिब ३०० भन्दा बढी महिला अधिकारकर्मी, कम्तीमा पाँच प्रतिशत पुरुष -महिला अधिकारको क्षेत्रमा काम गरेका), ३० वर्षमुनिका २० प्रतिशत युवा र २५ प्रतिशत पछाडि परेका महिला र ५ प्रतिशत बालिकाको सहभागिता रहनेछ । बियोण्ड बेइजिङ कमिटी कार्यवाहक अध्यक्ष सुशीला श्रेष्ठले महिला सम्मेलनले नेपालको महिला आन्दोलनमा हालसम्म भएका उपलब्धि र आगामी दिनमा छलफल गर्न सवाल र मार्गदर्शकसहितको काठमाडौँ घोषणापत्र र्सार्वजनिक गर्ने जानकारी दिए । बेइजिङमा भएको चौथौ महिला सम्मेलनपछि विश्वको पाँचौँ महिला सम्मेलन हुन सकेको छैन । सो चौथौ सम्मेलनपछि हरेक पाँच-पाँच वर्षा प्रत्येक देशमा भएका महिला आन्दोलनका उपलब्धिका बारेमा छलफल गरी प्रत्येक देशले प्रतिवेदन बुझाउने गरेका छन् । सन् १९९५ मा चीनमा भएको सो विश्व सम्मेलनमा १८९ राष्ट्रको सहभागिता थियो भने नेपालबाट त्यो सम्मेलनमा २०० ले सहभागिता जनाएको थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु